काठमाडौँ । यस वर्षको इन्द्रजात्रा लागि लिङ्गो नगर प्रवेश गराइएको छ। साइत आज बिहान ९ः५२ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको हो।
यसअघि भदौ ९ गते सोमबार बिहान ९ः४६ बजे वन यात्रा गरी राति ९ः३२ बजे लिङ्गोका लागि रुख काटिएको थियो। लिङ्गोलाई भदौ १९ गते बिहीबार बिहान १०ः३१ बजे साइतमा इन्द्रध्वजोत्थान गरिने साइत रहेको छ। सोही दिन बेलुकी कुमारी, गणेश र भैरवको सवारी तलेजु मुलचोकमा निस्कनेछ।
_rhCGt0um7T.jpg)
त्यसपछि भदौ २१ गते शनिबार कुमारी, गणेश र भैरवको तल्लो टोल यात्रा, भदौ २२ गते आइतबार माथिल्लो टोल रथ यात्रा तथा भदौ २६ गते बिहीबार रथ बिचको टोल यात्रा सम्पन्न हुने बताइएको छ।
_q9gMdpjpaT.jpg)
इन्द्रजात्रा अन्तर्गतको अन्तिम दिन भदौ २६ गते राति १०ः३२ बजे हनुमानढोकामा ठड्याइएको यःसिं ढालेर टेकु दोभानमा सेलाएर जात्रा विधिवत् सम्पन्न गरिनेछ।
_pBiuaW6nct.jpg)
_gkxuAs7ngi.jpg)
_L2AkpRsi3Y.jpg)
_LrsX6TWQLT.jpg)
_8vpZ6i6iwT.jpg)
_MzhKKCH1zO.jpg)
_lFqizBH1K1.jpg)
_Gr7EGDNEBo.jpg)
_u6CWblJM64.jpg)
_3ismw2IRi1.jpg)
_bSGWKRRt16.jpg)
_8Ett01i70F.jpg)
_KDq2JIxUoI.jpg)
_HH7CpQ5h6G.jpg)
_L8HAhpfqbw.jpg)
_iyaQEm1lXY.jpg)
_G6FDfd3Noo.jpg)
प्रतिक्रिया