सीलाई मोदीले भने– विश्वास, सम्मान र संवेदनशीलताका साथ सम्बन्ध अगाडि बढाउन प्रतिबद्ध छौँ
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच तियानजिनमा महत्त्वपूर्ण भेटवार्ता भयो।
- दुई नेताले अक्टोबर २०२४ मा रुसमा भेटेपछि करिब १० महिनामा पहिलो पटक भेटेका हुन्।
- मोदीले सीमा व्यवस्थापन र आपसी सम्बन्ध सुधारबारे छलफल गर्दै दुवै देशका जनताको हितलाई जोड दिए।
बेइजिङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार तियानजिनमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । अमेरिकी ट्यारिफको मार खेपिरहेको सारा विश्वको ध्यान यो भेटवार्तामाथि थियो । मोदी र सीबिच करिब १० महिनामा यो पहिलो भेटवार्ता हो ।
दुई नेताहरू अन्तिम पटक अक्टोबर २०२४ मा रुसको कजानमा ब्रिक्स शिखर सम्मेलनको छेको पारेर भेटेका थिए । छलफल गर्नुपर्ने मुद्दाहरू व्यापक भएकोले दुई नेताले आइतबार पुनः एक अर्कालाई भेट्न सक्ने आधिकारिक स्रोतहरूले सङ्केत गरेका छन् ।
‘गत वर्ष कजानमा हामीबिच निकै उपयोगी छलफल भएको थियो, जसले हाम्रो सम्बन्धलाई सकारात्मक दिशा दियो । सीमाबाट सेना फिर्ता भएपछि शान्ति र स्थिरताको वातावरण सिर्जना भएको छ’ चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले भने ।
सीमा व्यवस्थापन सम्बन्धी आफ्ना विशेष प्रतिनिधिहरू बिच सम्झौता भएको पनि मोदीले बताए । कैलाश मानसरोवर यात्रा पुनः सुरु भएको, देशबिच सिधा उडानहरू पनि पुनः सुरु भइरहेको अनि दुवै देशका २ दशमलव ८ अर्ब जनताको हित आफूहरूको सहयोगसँग जोडिएकोमा उनले जोड दिए ।
यसले सम्पूर्ण मानवताको कल्याणको लागि पनि मार्ग प्रशस्त गर्ने उनको भनाइ थियो । ‘हामी पारस्परिक विश्वास, सम्मान र संवेदनशीलताको आधारमा हाम्रा सम्बन्धहरूलाई अगाडि बढाउन प्रतिबद्ध छौँ’ मोदीले भने ।
एससीओमा चीनको सफल अध्यक्षताको लागि मोदीले सिलाई बधाई पनि दिए । चीन आउन निम्तो र आजको बैठकको लागि पनि उनले सिलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण