सिडेनमा गगन र शेखर मिल्दा पनि देउवाका उम्मेदवार झा विजयी
काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् ।
उनी कांग्रेसको संस्थापन पक्षका उम्मेदवार हुन् । इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाका उम्मेदवार धनेन्द्र केसीलाई हराउँदै झा अध्यक्षमा निर्वाचित भएका हुन् ।
झाले एक हजार तीन सय १५ मत पाउँदा केसीले एक हजार दुई मत पाए । कार्यसमितिका अधिकांश पदमा झाको प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गर्न भने बाँकी छ ।
उपाध्यक्षमा संस्थापन पक्षकै मदन पुरी विजयी भएका छन् । पुरीले एक हजार दुई सय ८० मत पाउँदा केसी समूहका सागर सशमेर शाहीले एक हजार ९ मत पाए ।
महासचिवमा पनि झा समूहकै सुदर्शन शर्मा विजयी भए । शर्माले एक हजार एक सय ७४ मत ल्याउँदा उनका प्रतिस्पर्धीद्वय भुपेन्द्र श्रेष्ठले ९०२ र कुलराज खनालले दुई सय ३५ मत ल्याए ।
उपमहासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला निर्वाचित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण