भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनको चेतावनी दिए।
- उनले सभामुख र सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै गृहमन्त्रीको राजीनामाको माग गरे।
- लिङ्देनले माग सम्बोधन नभए संसद अवरुद्ध गर्ने र आवश्यक परे सडक आन्दोलन गर्ने बताए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
आइतबार झापामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले सो माग सम्बोधन नभएसम्म संसद् अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जानसक्ने चेतावनी समेत दिए ।
आफूहरूले सदन अवरुद्ध गरेपनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम गरिएको बताउँदै सभामुख देवराज घिमिरेको भूमिकाप्रति पनि उनले असन्तुष्टि जनाए ।
आफूहरूको मागलाई सरकारले पनि उपेक्षा गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । अध्यक्ष लिङ्देनले सो प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर सहजता प्रदान गर्नुपर्ने पनि बताए ।
उनले भने,’भिजिट भिसा प्रकरणमा नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्छ भनेर हामीले भन्यौँ । उहाँले राजीनामा दिएर सहयोग गर्नुहुन्न भने पनि छानबिन आयोग त गठन हुनुपर्यो नि त । भोली दोषी ठहरियो भने त उहाँ कारबाहीमा परिहाल्नु हुन्छ । राजीनामा पनि दिई हाल्नु हुन्छ भनेर भन्दा पनि सुन्दा पनि नसुनेर जुन ढङ्गले संसद्लाई सभामुखले अगाडि बढाइराख्नुभएको छ । सरकारले पनि जुन ढङ्गले उपेक्षा गरिराखेको छ । मलाई लाग्छ–त्यो नेपाली जनताले हेरिराखेको छ । र, आगामी दिनमा नेपाली जनताले यसको मूल्याङ्कन गर्ने नै छ । हामी कम्तीमा पनि यो सेसनमा हामी यसरी नै निरन्तर विरोधमा रहन्छौँ । र, आवश्यक पर्यो भने दुई वटा पार्टी सडकमा आउनसक्ने अवस्था पनि हुन्छ ।’
उनले फरक प्रसङ्गमा आफूले पार्टीमा नयाँ साथीहरूलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्चिएर अघि बढ्न तयार रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा
-
क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका
-
५७ वर्षे नेविसंघको आयु कति ?
-
अमेरिका–इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु : राष्ट्रसङ्घ
-
राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा
-
युद्ध अन्त्य भएपनि पेट्रोलियम पदार्थसहितको मूल्यवृद्धि सामान्य हुन महिनौँ लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण