बीपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक
आइतबार, १५ भदौ २०८२, १८ : ३०
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।
आइतबार बसेको जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको निर्णय अनुसार उक्त व्यवस्था लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत वर्षको असोजमा आएको बाढीले क्षति पुर्याएको र भौगोलिक अवस्था कमजोर भएकाले पहिरोको जोखिम बढ्दै गएकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना अनुसार, भदौ १६ गतेदेखि भदौ मसान्तसम्म हरेक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रेभन्ज्याङ–भकुण्डेबेसी हुँदै सिन्धुलीतर्फको सडकखण्डमा सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनलाई आवतजावत गर्न निषेध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण