मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

शैक्षिक संस्थामा बम राखिएको भनी अफवाह फैलाउने व्यक्ति पक्राउ

आइतबार, १५ भदौ २०८२, २१ : ११
आइतबार, १५ भदौ २०८२

काठमाडौँ । राजधानीका विभिन्न शैक्षिक संस्थामा बम राखिएको भनी झुट्टा अफवाह फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ अपराध अनुसन्धान कार्यालयका अनुसार अनुसार भदौ १३ गते दिउँसो ४ बजेसम्म विद्यालयहरूमा विष्फोटक पदार्थ पड्किने दाबी गर्दै प्रहरीले सञ्चालन गर्ने आकस्मिक नम्बर १०० मा फोन आएपछि घटनाबारे छानबिन थालिएको थियो ।

प्रहरी कन्ट्रोल रुममा फोनमार्फत गरिएको सो अफवाह सार्वजनिक शान्तिमा खलल पुग्ने खालको भएको भन्दै खटिएको टोलीले प्रारम्भिक अनुसन्धानका क्रममा संलग्न व्यक्तिको पहिचान गरेको हो ।

जसअनुसार जिल्ला महोत्तरी गाउँपालिका–२ स्थायी घर भएका ३८ वर्षीय जयरुद्र झालाई काठमाडौँ महानगरपालिका–१० नयाँबजार, कीर्तिपुरबाट पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए । 

पक्राउ परेका झालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको उनले आइतबार बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप