देशको अवस्था गम्भीर छ, सम्पूर्ण वामपन्थीको नेतृत्व नेकपाले गर्छ : विप्लव
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द(विप्लव) ले देशकाे अवस्था गम्भीर रहेकाे भन्दै सम्पूर्ण वामपन्थीकाे नेतृत्वकाे नेकपाले गर्ने बताएका छन् । आइतबार कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको स्थायी समिति बैठकमा विप्लवले यस्ताे बताएका हुन् ।
बैठकमा महासचिव विप्लवले देशको राजनीति गम्भीर अवस्थामा रहेकाले सबै वामपन्थी कम्युनिस्ट पार्टीहरूलाई ध्रुवीकरण र एकताको नेतृत्व गर्ने जिम्मेवारी नेकपाकै काँधमा आएको ब्रिफिङ गरेका विश्वकर्माले बताए ।
‘अहिले देशको स्थिति गम्भीर छ । देशको राजनीतिक नेतृत्व लिनेगरी नेकपाले नेतृत्व गर्नुपर्छ । सम्पूर्ण वामपन्थी तथा कम्युनिस्ट पार्टीलाई एकता र ध्रुवीकरण गर्ने तयारी गर्नुपर्छ’, विप्लवको भनाइ उद्धृत गर्दै विश्वकर्माले रातोपाटीलाई बताए ।
केन्द्रीय समितिको पूर्वतयारीका लागि बसेको यो बैठकले पार्टी एकता र ध्रुवीकरणको खाका बनाउने, पार्टीको नाम परिवर्तन लगायत विषयमा निर्णय लिने उनले जानकारी दिए ।
पार्टी एकताका लागि माओवादी केन्द्रले गरेको निर्णयको सम्बन्धमा बैठकले सकारात्मक रूपमा लिएको भएपनि विप्लवको प्रतिवेदनमा नसमेटिएको विश्वकर्माले जिकिर गरे । सबै कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरण गर्ने गरी केन्द्रीय समितिले नै निर्णय गर्ने उनले बताए ।
बैठकमा अहिलेसम्म दुई वटा प्रदेश इन्चार्जले रिपोर्टिङ गरेका छन् । उनीहरूको रिपोर्टिङ अनुसार देशभर माहोल नेकपाप्रति आकर्षित हुँदै गएको विश्वकर्माले स्पष्ट पारे ।
साथै उनले समसामयिक राजनीतिकसम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेको प्रवक्ता खड्बहादुर विश्वकर्माले जानकारी दिए ।
बैठक सोमबारसम्म सञ्चालन हुनेछ । त्यसपछि भदौ १७ देखि २० गतेसम्म पोलिटब्युरो र भदौ २२ गतेदेखि केन्द्रीय समिति बैठक बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण