भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण
सारांश
- बिर्तामोड नगरपालिकाले नौ जना भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ।
- नगर प्रमुखले प्रक्रिया पूरा भएका अन्यलाई पनि चाँडै पूर्जा वितरण गरिने बताइन्।
- वडाध्यक्षका अनुसार, १२०० भन्दा बढी भूमिहीन सुकुम्बासीलाई पूर्जा वितरण गर्ने तयारी छ।
बनियानी । झापाको बिर्तामोड नगरपालिकाले यहाँका नौ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । नगरपालिकामा आज आयोजित एक कार्यक्रमबीच बिर्तामोड–७ का उनीहरुलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।
वर्षौंदेखि जग्गाधनी पूर्जाको पर्खाइमा रहेका बिर्तामोड–७ का निरानध्वज लिम्बू, अमृतबहादुर लिम्बू, निर्मला लिम्बू, हरिकला मगर, मसिप्रकाश राई, आइतराज लिम्बू, मैतिमाया लिम्बू, गुरुदेव घिमिरे र कृष्णबहादुर थापालाई जग्गाधनी पूर्जा वितरण गरिएको हो । जग्गाधनी पूर्जा वितरण गर्दै बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले प्रक्रिया पूरा भएका अन्य नगरवासीलाई चाँडै पूर्जा वितरण गरिने बताइन् ।
बिर्तामोड–७ का वडाध्यक्ष अविरलकृष्ण खरेलले वडाहरुले प्रक्रिया अघि बढाइरहेकाले नगरका एक हजार २०० भन्दा बढी भूमिहीन सुकुम्वासीलाई पूर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार बिर्तामोड–७ मा ३९ दलित, ९३ सुकुम्वासी र २७७ अव्यवस्थित परिवार छन् । जग्गा स्रेस्ता, मोठ कायम गरेर वितरण गरिएकाले बैङ्कमा कारोबार गर्न पाउने भए पनि १० वर्षसम्म बिक्री–वितरण गर्न नपाइने व्यवस्था रहेको भूमि समस्या समाधान आयोग बिर्तामोडका प्रमुख विमल पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण