पोखरा–जोमसोम हवाई सेवा सञ्चालन
सारांश
- दुई महिनापछि पोखरा-जोमसोम हवाई सेवा पुन: सञ्चालन भएको छ।
- पर्यटकीय याम सुरु भएसँगै समिट एयरलाइन्सले आइतबारदेखि उडान सुरु गरेको छ।
- पहिलो दिन समिट एयरलाइन्सले ३६ यात्रु लिएर जोमसोममा अवतरण गरेको छ।
मुस्ताङ । पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । बर्खायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमका कारण दुई महिनादेखि सेवा बन्द रहेको थियो ।
निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गत असार २ देखि र समिट एयरलाइन्सले असार २० गतेदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका थिए ।
जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले पर्यटकीय याम सुरु भएसँगै उडान भर्न सुरु गरिएको जानकारी दिए । उनका अनुसार यहाँ पोखरा–जोमसोम हवाई उडानका लागि समिट एयरलाइन्सको ट्विनअटर जहाजले आइतबारदेखि उडान भर्न सुरु गरेको छ ।
आइतबार पहिलो दिन समिट एयरलाइन्सको जहाजले पोखरा–जोमसोम दुईवटा उडान भरेको कार्यालय प्रमुख पोखरेलले बताए । सुरुवाती उडानको पहिलो दिन ३६ जना यात्रु लिएर जहाज जोमसोम विमानस्थलमा अवतरण गरेको उनले बताए । कार्यालय प्रमुख पोखरेलले आइतबार (आज) मात्रै मुस्ताङमा तीनवटा हेली कम्पनीले आठवटा उडान भरेको जानकारी दिए ।
तारा एयरलाइन्सको जहाजले पनि एक हप्तापछि यहाँ उडान भर्ने जनाएको छ । तारा एयरलाइन्सका जोमसोम स्टेसन इन्चार्ज सुजन लालचनले सेप्टेम्बर ७ तारिखमा आफ्नो एयरलाइन्सले उडान सञ्चालन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण