हमास प्रवक्ता अबु ओबेदिया मारिएको इजरायलको दाबी
सारांश
- इजरायलले गाजा सिटीमा गरेको हवाई आक्रमणमा हमासका प्रवक्ता अबु ओबेदिया मारिएको दाबी गरेको छ।
- हमासले ओबेदियाको मृत्युबारे कुनै पुष्टि गरेको छैन र आवासीय क्षेत्रमा भएको आक्रमणमा दर्जनौं सर्वसाधारण मारिएको जनाएको छ।
- इजरायलले गाजामा आक्रमण अझ तीव्र पार्ने र ओबेदियाका सहयोगीलाई लक्षित गर्ने चेतावनी दिएको छ।
गाजा । इजरायलले गाजा सिटीमा गरिएको हवाई आक्रमणमा हमासको सशस्त्र विंगका प्रवक्ता अबु ओबेदियालाई मारिएको दाबी गरेको छ ।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले एक्समा पोस्ट गर्दै इजरायली रक्षा बल (आईडीएफ) र सुरक्षा एजेन्सी शिन बेटलाई ‘सफल कार्यान्वयन’ को लागि बधाई दिएका छन् ।
हमासले भने ओबेदियाको मृत्युबारे कुनै पुष्टि गरेको छैन । समूहले यसअघि गाजा सिटीको आवासीय क्षेत्रमा भएको आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिनुका साथै घाइते भएको जनाएको छ ।
स्थानीय पत्रकारका अनुसार गाजा सिटीको भीडभाडयुक्त अल–रिमाल क्षेत्रमा भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र २० जना घाइते भएको छ, जसमा बालबालिका पनि परेका छन् ।
शनिबारको आक्रमण इजरायलले गाजा सिटी कब्जा गर्ने योजनाअन्तर्गत लगातार भइरहेको हवाई कारबाहीकै क्रममा भएको हो । काट्जले ओबेदियाका ‘अपराधी सहयात्रीहरू’लाई पनि लक्षित गर्ने चेतावनी दिँदै गाजामा आक्रमण अझ तीव्र पारिने बताएका छन् ।
ओबेदिया सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिणमा भएको हमासको घातक आक्रमणअघि देखिनै समूहको सैन्य विंगमा बाँकी रहेका थोरै वरिष्ठ नेतामध्ये एक मानिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण