पुरुषमा हड्डी कमजोर हुनुका कारण र यसबाट बच्ने उपाय
सारांश
- हड्डी कमजोर हुनुका कारण, लक्षण र बच्ने उपायबारे जानकारी दिइएको छ।
- क्याल्सियम र भिटामिन डीको कमी, जंक फुडको सेवन, धूम्रपान, र शारीरिक गतिविधिको कमीले हड्डी कमजोर बनाउँछ।
- घाममा बस्ने, क्याल्सियमयुक्त आहार लिने, व्यायाम गर्ने, र तनाव कम गरेर हड्डीलाई बलियो बनाउन सकिन्छ।
के तपाईँलाई बारम्बार ढाड दुख्ने, जोर्नीहरूमा अकडिएको वा थकित भएको महसुस हुन्छ ? यी लक्षणहरू तपाईँको हड्डी कमजोर भएको सङ्केत हुन सक्छन्।
हड्डीहरू हाम्रो शरीरको आधार हुन्। यसले हामीलाई आकार दिनुको साथै हिँड्न, उठ्न, बस्न र दैनिक काम गर्न पनि मद्दत गर्छन्। तर, धेरै पुरुषले जानेर वा नजानेर यस्ता बानी अपनाउँछन्, जसले बिस्तारै हड्डी कमजोर बनाइरहेका हुन्छन्।
व्यस्त जीवनशैलीमा हामी प्रायः आफ्नो स्वास्थ्य, विशेष गरी हड्डीको स्वास्थ्यलाई बेवास्ता गर्छौँ। समस्या गम्भीर नहुन्जेल हामीलाई यसको जानकारी नै हुँदैन। यहाँ हामी पुरुषको हड्डीलाई हानि पुर्याउने सामान्य बानीहरू र यी गल्तीबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा कुरा गर्नेछौँ।
हड्डी कमजोर हुनुका कारणहरू :
पुरुषमा हड्डी कमजोर हुनुका मुख्य कारणहरू यस प्रकार छन्:
- क्याल्सियम र भिटामिन डीको कमी: हड्डी बलियो बनाउन क्याल्सियम र भिटामिन डी धेरै महत्त्वपूर्ण छन्। क्याल्सियम हड्डीको मुख्य कम्पोनेन्ट हो भने भिटामिन डीले शरीरमा क्याल्सियम अवशोषणमा मद्दत गर्छ। यदि तपाईँ घामबाट टाढा रहनुहुन्छ वा क्याल्सियमयुक्त आहार खानुहुन्न भने, तपाईँको हड्डी बिस्तारै कमजोर हुन सक्छ।
- जंक फुड र कोल्ड ड्रिंक्सको अत्यधिक सेवन: नुन, चिनी र फस्फोरिक एसिड (जस्तै कोल्ड ड्रिंक्स) भएको खानाले हड्डीबाट क्याल्सियम निकाल्न सक्छ। त्यस्तै, प्रशोधित खानामा पोषक तत्त्वको कमी हुन्छ। यसले शरीरमा अम्लीय वातावरण सिर्जना गर्छ, जसले हड्डीको घनत्व घटाउँछ।
- धूम्रपान र मदिरा सेवन: धूम्रपान र अत्यधिक मदिराको सेवनले हड्डीको मजबुतीमा असर गर्छ। निकोटिनले हड्डी निर्माणको प्रक्रियालाई सुस्त पार्छ भने रक्सीले शरीरमा क्याल्सियमको स्तर घटाउन सक्छ।
- शारीरिक गतिविधिको अभाव: यदि तपाईँ दिनभरि कुर्सीमा बस्नुहुन्छ र व्यायाम गर्नुहुन्न भने तपाईँको हड्डी कमजोर हुन सक्छ। तौल बोक्ने व्यायामले हड्डीलाई बलियो बनाउँछ। हिँड्ने, दौडने र योग जस्ता हल्का व्यायाम पनि फाइदाजनक हुन्छन्।
निद्राको कमी र तनाव: निरन्तर तनाव र निद्राको कमीले शरीरमा हर्मोनको असन्तुलन निम्त्याउँछ, जसले हड्डीलाई असर गर्छ। निद्राको समयमा शरीरले आफैलाई मर्मत गर्छ। तनावले हड्डीलाई कमजोर बनाउने हर्मोन (जस्तै कोर्टिसोल) बढाउन सक्छ।
हड्डी कमजोर हुन नदिन के गर्ने ?
- हरेक दिन १५-२० मिनेट घाममा बस्नुहोस्।
- दूध, दही, चीज, बदाम जस्ता क्याल्सियमयुक्त आहार खानुहोस्।
- नियमित रूपमा व्यायाम गर्नुहोस्।
- धूम्रपान र मदिराबाट टाढा रहनुहोस्।
- पर्याप्त मात्रामा सुत्नुहोस् र तनाव कम गर्नुहोस्।
हड्डी कमजोर हुनु अचानक आइपर्ने समस्या होइन। यो बिस्तारै विकसित हुन्छ। समयमै ध्यान दिइएन भने, यसले भविष्यमा हिँड्न समेत कठिनाइ निम्त्याउन सक्छ। त्यसैले, माथि उल्लेख गरिएका कुनै पनि बानी तपाईँमा छन् भने, तिनीहरूलाई परिवर्तन गर्ने समय आएको छ।
अस्वीकरण: लेखमा उल्लेख गरिएका सल्लाह र सुझावहरू सामान्य जानकारीको उद्देश्यका लागि मात्र हुन् र यसलाई व्यावसायिक चिकित्सा सल्लाहको रूपमा व्याख्या गर्नु हुँदैन। यदि तपाईंलाई कुनै प्रश्न वा समस्या छ भने सधैँ आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण