सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा
सोमबार, १६ भदौ २०८२, ०७ : २१
सारांश
- संघीय लोकतान्त्रिक मोर्चाले विराटनगरमा जनजागरण अभियान गर्दैछ।
- कार्यक्रम जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा आयोजना हुनेछ।
- मोर्चाले देशका विभिन्न स्थानमा जनजागरण अभियान चलाउने योजना बनाएको छ।
विराटनगर । सङ्घीय लोकतान्त्रिक मोर्चाले आफ्नो जनजागरण अभियान अन्तर्गत आज विराटनगरमा कार्यक्रम गर्न लागेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा आयोजना हुने सो कार्यक्रम विराटनगरको अतिथि सदनमा हुनेछ ।
जसपा नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे जनतालाई अवगत गराउन देशका विभिन्न स्थानमा अभियान चलाइँदै आएको हो ।
कार्यक्रममा मोर्चासम्बद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
मोर्चाले यसअघि तय गरेको कार्यतालिकाअनुसार आगामी भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा पनि जनजागरण अभियान गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण