मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बीजी ग्रुपद्वारा नेपालमा कुलप्याड स्मार्टफोन सार्वजनिक

सोमबार, १६ भदौ २०८२, १० : ३०
सोमबार, १६ भदौ २०८२

काठमाडौं । नेपालमा मोबाइल फोनको बजारमा अग्रणी भूमिका खेल्दै आएको बीजी ग्रुपले अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड ‘कुलप्याड’लाई नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।  राजधानीमा आयोजित एक समारोहका बीच कम्पनीले कुलप्याडका विभिन्न अत्याधुनिक मोडलहरू प्रस्तुत गरेको हो।

कार्यक्रममा बीजी ग्रुपका अध्यक्ष साहेबलाल साहले नेपाली उपभोक्ताका लागि विश्वस्तरीय उत्पादन र सेवा ल्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत समर्पण मिश्रले १५ वर्षभन्दा लामो अनुभव र सामूहिक प्रयासकै कारण नेपाली बजारमा नयाँ प्रविधि भित्र्याउन सम्भव भएको बताए । 

नेपालमा सार्वजनिक गरिएका प्रमुख मोडलहरू

कुलप्याड एक्स 100 M : १०८ मेगापिक्सल ट्रिपल क्यामेरा, एच२ अल्ट्रा स्मूथ डिस्प्ले र ६९९ रोगट प्रोसेसरसहित ‘नेक्स्ट-लेभल कुल’ स्लोगनमा बजारमा आएको छ।

कुलप्याड सी 16 C : ‘सी पावर’ नारासहित आएको यस मोडलमा ५० एमपीएआई ट्रिपल क्यामेरा र ५००० एमएएच ब्याट्रीको सुविधा छ।

कुलप्याड सी 15 M : ‘स्टाइल मिट स्ट्रेन्थ’ नारामा प्रस्तुत यस फोनले बलियो बनावट र आकर्षक डिजाइनलाई जोड दिएको छ।

कुलप्याड सीपी 12 : १२० हट्ज स्मूथ डिस्प्ले र ५००० एमएएच ब्याट्रीसहित उत्कृष्ट प्रयोगकर्ता अनुभव दिने गरी तयार गरिएको छ।

कम्पनीका अनुसार, कुलप्याडका यी सबै मोडलहरू अब देशभरका प्रमुख मोबाइल स्टोरहरूमा उपलब्ध हुनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप