बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकी र लुम्बिनी प्रदेशको संयुक्त बैठक स्याङ्जामा सुरु

सोमबार, १६ भदौ २०८२, १३ : ५१
सोमबार, १६ भदौ २०८२

सारांश

  • गण्डकी र लुम्बिनी प्रदेशको समन्वयात्मक बैठक स्याङ्जामा सुरु भयो, जहाँ विकास र समस्याबारे छलफल हुनेछ।
  • बैठकमा पहिलेका निर्णयको समीक्षा र नयाँ साझा घोषणापत्र जारी गर्ने योजना छ।
  • माघ ३० गते रानीमहलमा भएका २१ बुँदे निर्णय बजेट अभावले कार्यान्वयन हुन सकेको छैन।

स्याङ्जा । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको दोस्रो समन्वयात्मक बैठक स्याङ्जाको उत्तर बाहिनीमा सुरु भएको छ । सोमबार दुई प्रदेशको विकास र समस्या पहिचान गर्न बैठक बस्न लागेको हो । 

बैठकमा यसअघिका निर्णय कार्यान्वयनको समीक्षा गरिनेछ भने नयाँ साझा घोषणापत्र जारी गरिनेछ । यसअघि माघ ३० गते रानीमहलमा बसेको बैठकले २१ बुँदे निर्णय गरेको थियो । 

ती निर्णय भने पर्याप्त बजेट नहुँदा कार्यान्वयनमा आएको छैन । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यक्षता गरेको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहितको टोली सहभागी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप