सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
सोमबार, १६ भदौ २०८२, १५ : ०३
सारांश
- संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली शान्ति सैनिकहरु सेट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ छन्।
- सैनिक प्रहरी युनिटको अदलीबदली भदौ १५ गते सम्पन्न भयो, जसमा ७१ जना शान्ति सैनिकहरु सहभागी थिए।
- मिसनमा आफ्नो कार्यकाल सकेका सैनिकहरु स्वदेश फर्किएका छन् र हाल १२३९ नेपाली सेना कार्यरत छन्।
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ ।
उक्त मिसनमा सहभागी सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौँ डफ्फालाई बदली गर्नको लागि सैनिक प्रहरी युनिट (शान्ति सेना) एघारौँ डफ्फाका ७१ जना शान्ति सैनिकहरू भदौ १५ गते मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका नेपाली शान्ति सैनिकहरू भदौ १५ गते नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका १२३९ जना शान्ति सैनिकहरु कार्यरत रहेको सेनाले सोमबार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण