नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेलको टिकट मूल्य एक हजार
सोमबार, १६ भदौ २०८२, १५ : ५९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाल र बङ्गलादेशको राष्ट्रिय फुटबल टोलीबिचको मैत्रीपूर्ण खेलका लागि टिकट दर तोकेको छ ।
एन्फाले भिआइपीतर्फ एक हजार र साधारणतर्फको टिकटको मूल्य ५ सय तोकेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी दिइएको हो ।
नेपाल र बङ्गलादेशबिचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भदौ २१ र २४ गते हुने छ । दुवै खेलहरूको टिकटिङ अधिकार एन्फा आफैले राखेको छ ।
मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राष्ट्रिय टोली सेप्टेम्बर १८ गते नेपाल आइपुग्ने पनि तालिका रहेको छ । टोलीलाई अभ्यासका लागि भद्रकाली स्थित नेपाली सेनाको खेल मैदान र च्यासल स्थित च्यासल रङ्गशालाको मैदानमा व्यवस्था गरिएको छ ।
मैत्रीपूर्ण खेलको अनुमानित बजेट १ करोड २७ लाख ५८ हजार १६८ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण