पठन संस्कृति प्रवर्द्धनका लागि साझा प्रकाशनद्वारा पुस्तक प्रदर्शनी
सारांश
- साझा प्रकाशनले भदौ २० गतेदेखि पुस्तक प्रदर्शनी आयोजना गर्ने भएको छ।
- प्रदर्शनीमा साझा प्रकाशनका पुस्तकहरू, नेपाल प्रज्ञा-प्रतिष्ठान र अन्य प्रकाशकका पुस्तकहरू रहनेछन्।
- प्रदर्शनीले पुस्तकालय दिवस र चाडपर्वलाई लक्षित गरी पाठकलाई विशेष छुट दिनेछ।
काठमाडौँ । साझा प्रकाशनले पठन संस्कृतिको विकासमा योगदान पुर्याउने उद्देश्यले यही भदौ २० गतेदेखि पुस्तक प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रदर्शनी असोज ३ गतेसम्म साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरसहित देशभरका सम्पूर्ण बिक्रीकक्षहरूमा सञ्चालन हुने भएको हो।
प्रदर्शनीमा साझा प्रकाशनका पुस्तकहरूसँगै नेपाल प्रज्ञा–प्रतिष्ठान, सिनास र व्यक्तिगत प्रकाशकका पुस्तकहरू पनि रहनेछन्। साथै विशेष छुटमा पुस्तक खरिद गर्न सकिने व्यवस्था गरिएको साझा प्रकाशनले जनाएको छ।
पुस्तकालय दिवस तथा नजिकिँदै गरेका चाडपर्वका बिदालाई उपयोगी बनाउन प्रदर्शनीले मद्दत गर्ने विश्वास साझा प्रकाशनले लिएको छ। प्रदर्शनी हरेक दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ।
११३ वर्षदेखि भाषा, कला र संस्कृतिको संवर्द्धनमा सक्रिय साझा प्रकाशनले हाल देशका सबै भाषा, विधा, भूगोल, जाति र लिङ्गसँग सम्बन्धित प्रकाशनको काम गर्दै आएको छ। यस प्रदर्शनीलाई पाठकको रुचि बुझ्ने अवसरका रूपमा पनि उपयोग गरिने साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण