विवादमा रास्वपाका उम्मेदवार थापा, पार्टीले निर्णयमा पुनर्विचार नगर्ने
सारांश
- डा. लेखजंग थापा, रास्वपाका उम्मेदवार, बहुविवाहको आरोपमा विवादमा तानिएका छन्।
- विपक्षीहरूले सामाजिक सञ्जालमा उनको विरुद्ध प्रचार गरिरहेका छन्, तर रास्वपाले उनको बचाउ गरेको छ।
- निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ, र उजुरी दर्ताको समय पनि तोकेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ मा उम्मेदवार चयन भएका डा. लेखजंग थापा विवादमा तानिएका छन् । कानुन विपरीत थापाले बहुविवाह गरेको विषय सञ्चारमाध्यमबाट बाहिरिएपछि उनी विवादमा तानिएका हुन् ।
रास्वपाका विपक्षीहरूले अहिले यसलाई मुद्दा बनाएर सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन् । यस्तै २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समानुपातिक सांसदको लिस्टमा रहेका उनी केही महिनाअघि राजीनामा दिएर रास्वपा प्रवेश गरेका थिए ।
थापाको पारिवारिक पृष्ठभूमिलाई लिएर चौतर्फी आलोचना भइरहँदा रास्वपाले भने बचाउ गरेको छ । प्रवक्ता मनिष झाले उनको सम्पूर्ण विवरण हेरेर नै पार्टीले छनोट गरेकाले पुनर्विचार नहुने स्पष्ट पारे ।
‘हामीले सम्पूर्ण विवरण हेरेर नै लेखजंग थापालाई छनोट गरेका हौँ । बाहिर आएको जस्तो त्रुटि भएको देखिँदैन । सबै विधि र प्रक्रिया पुर्याएर छनोट भएकाले उम्मेदवारको सम्बन्धमा पुनर्विचार हुँदैन’, रातोपाटीसँग उनले भने ।
यस्तै थापाविरुद्ध पार्टीको कुनै पनि निकायमा उजुरी नपरेको झाले जिकिर गरे । उनले भने, ‘उहाँ विरुद्ध उजुरी परेको भन्ने विषय सत्य होइन । पार्टीको कुनै पनि समितिमा कहिँकतै उजुरी परेकै छैन ।’
तर विपक्षीहरूले यसै विषयलाई लिएर चुनावी मुद्दा बनाउने देखिन्छ । उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेमा के गर्नुहुन्छ भन्ने प्रश्नमा झाले संवैधानिक तथा कानुनी समस्या नआउनेमा पार्टी स्पष्ट रहेको बताए ।
कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । असोज २२ गते उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय दिएको छ । २३ गते उजुरी उपर छानबिन र निर्णय हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण