समृद्धिका लागि साहित्य, कला र संस्कृति अपरिहार्य : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक पूर्वाधार विकाससँगै साहित्य, कला, सङ्गीत र संस्कृति क्षेत्रको उत्थान पनि उत्तिकै अपरिहार्य रहेको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक साझा थलो भएको स्मरण गराएका हुन् ।
राष्ट्रपति पौडेलले सगरमाथा र हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधीन नभएको स्वाधीन राष्ट्र नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको विशेष भूमिका रहने उल्लेख गरे । उनले नेपाली जनताको लामो सङ्घर्ष र त्यागबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व प्रज्ञा प्रतिष्ठानकै रहेको भन्दै संस्थाले आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
साहित्यलाई भाषाको कलात्मक अभिव्यक्ति ठहर गर्दै उहाँले भाषा र साहित्यलाई देशको ढुकढुकी, पहिचान र आत्मा भएको व्याख्या गरे । उनले भने, “साहित्य र समाज एक अर्काका पूरक हुन् । यो ज्ञान, संस्कार, संस्कृति र जीवन हो । त्यसैले हरेक मानिसको जीवनमा भाषा, साहित्य, संस्कृति र दर्शन अपरिहार्य छन् ।”
भाषा, संस्कृति र परम्पराको संरक्षण, संवर्धन र विकास हाम्रो साझा दायित्व भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सरकारसमेत यसलाई प्राथमिकतामा राखेर प्राज्ञिक कर्ममा क्रियाशील प्रतिभाको कदर र सम्मान गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा राष्ट्रपति पौडेलले राष्ट्रिय कविता महोत्सव–२०८२ का उत्कृष्ट दस कविहरूलाई सम्मानपत्र र पुरस्कार वितरण गरेका थिए । उनले सबै विजेताहरूलाई बधाई दिँदै उनीहरूको सृजनात्मक यात्राको निरन्तर प्रगतिका लागि शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण