डा.अन्जान शाक्य संसदीय सुनुवाइ समितिमा
सोमबार, १६ भदौ २०८२, १६ : ३३
सारांश
- डा. अञ्जान शाक्यलाई संसदीय सुनुवाइ समितिमा ल्याइएको छ।
- राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले शाक्यलाई समितिमा लैजाने प्रस्ताव गरेका थिए।
- समितिमा डा. शाक्यलाई ल्याएपछि अब १५ सदस्य पुगेका छन्।
काठमाडौँ । डा.अञ्जान शाक्यलाई संसदीय सुनुवाइ समिति (संयुक्त) मा ल्याइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य हुने समितिमा राष्ट्रियसभाबाट डा. शाक्यलाई ल्याइएको हो ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले डा. शाक्यलाई संसदीय सुनुवाइ समितिमा लैजाने प्रस्ताव गरेका थिए । उनको प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
१५ सदस्य हुने समितिमा १४ सदस्य थिए । डा.शाक्यलाई ल्याएपछि समिति १५ सदस्यीय बनेको छ । त्यहाँ प्रतिनिधिसभामा १२ र राष्ट्रियसभाका तीन सदस्य हुन्छन् ।
डा.शाक्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएकी सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण