सशस्त्र प्रहरी अस्पतालमा अत्याधुनिक मेसिनबाट क्षयरोग उपचारको सुरुवात
सारांश
- स्वास्थ्य मन्त्रालयले एपीएफ अस्पतालमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गरेको छ।
- मन्त्री प्रदीप पौडेलले क्षयरोगमुक्त नेपाल निर्माणका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए।
- नयाँ मेसिनले बिरामीलाई दुई घण्टामै क्षयरोगको निदान रिपोर्ट दिनेछ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बलम्बुस्थित सशस्त्र प्रहरी बल(एपीएफ) अस्पतालमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गरी क्षयरोगको उपचार सेवा शुभारम्भ गरेको छ । अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त मेसिन हस्तान्तरण गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सेवाको सुरुवात गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले क्षयरोगमुक्त नेपाल निर्माणका लागि मन्त्रालय निरन्तर लागि परिरहेको बताए । ‘क्षयरोगको यथाशक्य छिटो निदान गरेर हजारौँ नागरिकको जीवन बचाउन मन्त्रालय प्रतिबद्ध भएर कार्य गरिरहेको छ,’ उनले भने, ‘आज यस अस्पतालमा सुरु भएको सेवा तथा जडान भएको अत्याधुनिक मेसिनले क्षयरोगको पहिचान गरी बिरामीको जीवन बचाउन महत्त्वपूर्ण योगदान दिने विश्वास हामीले लिएका छौँ’, ।
यसअघि सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग परीक्षणको सुविधा नहुँदा त्यहाँ उपचारका लागि आउने बिरामीहरूले अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले क्षयरोगमुक्त नेपाल बनाउने हाम्रो राष्ट्रिय अभियानमा प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘आज जडान भएको यस मोलिक्युलर टेस्ट मेसिनले अब बिरामीहरूलाई मात्र दुई घण्टामा क्षयरोगको निदान रिपोर्ट उपलब्ध गराउनेछ ।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करिब ५० लाख रुपैयाँको लागतमा उक्त मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो । क्षयरोगसम्बन्धी सेवा देशभरका १२८ वटा स्वास्थ्य संस्था तथा अस्पतालहरूबाट दिइँदै आएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण