अवरुद्ध भीमदत्त राजमार्ग सुचारु
सोमबार, १६ भदौ २०८२, १६ : ४१
सारांश
- सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको छ।
- डडेल्धुरा-डोटी जोड्ने केआइसिंह राजमार्ग भने रडुवा खोलामा पहिरो खसेका कारण अवरुद्ध भएको छ।
- सुदूरपश्चिममा वर्षाका कारण तराईमा डुबान र पहाडमा पहिरोको जोखिम बढेको छ।
डडेल्धुरा । सुदूरपश्चिमका सात पहाडी जिल्लाको मुख्य सडक भीमदत्त राजमार्ग सुचारु भएको छ। डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका–१ को भात्काडा क्षेत्रमा पहिरो खसेपछि अवरुद्ध भएको राजमार्ग सुरक्षाकर्मीले पहिरो हटाएपछि सोमबारदेखि पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
उता डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग भने फेरि अवरुद्ध भएको छ । गन्यापधुरास्थित रडुवा खोलामा पहिरो खस्दा केआइसिंह राजमार्गमा यातायात ठप्प भएको हो।
आज सुदूरपश्चिममा वर्षा भइरहेको छ। वर्षाका कारण तराईका जिल्लामा डुबान भएको छ भने पहाडमा पहिरोको जोखिम बढेको छ। सर्वसाधारणलाई सावधानी अपनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण