नेशनल प्याब्सनले भन्यो– विद्यालय बन्द गराउँदैनौँ, तर विद्यालय शिक्षा विधेयक सच्चाउनुपर्छ
काठमाडौँ । आन्दोलनरत निजी विद्यालयका सञ्चालकहरूले आफूहरूले विद्यालय बन्द नगराउने स्पष्ट पारेका छन् ।
विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति, क्रमशः गैरनाफामूलक बनाउने लगायतका विभेदकारी नीति तत्काल हटाउन माग गर्दै आन्दोलन गर्दै आएका उनीहरुले विद्यालय भने बन्द गराउने पक्षमा नरहेको प्रष्टयाएका हुन् ।
विद्यालयको पठनपाठन बन्द गरी सो विधेयकको विरोधमा आफूहरूले आन्दोलनलाई निरन्तरता दिन आफूहरू प्रतिबद्ध रहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
अध्यक्ष गीता क्षेत्री राणाले निजी विद्यालयनै बन्द गर्नुपर्ने अवस्थामा रहेका पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने भन्ने सो विधेयकमा उल्लेख गरिएको शब्द तत्काल हटाउन पनि सरकारलाई दबाब दिइन् । उनले शुल्क वृद्धि हुने र गरिब अभिभावकलाई मारमा पार्ने खालको ऐन सरकारले ल्याउन नहुने बताइन् ।
निजी विद्यालयहरूले सरकारले ल्याएको सो विधेयकमा गरिएका कतिपय व्यवस्था संविधान र कानुन अनुकूल पनि नरहेको जिकिर गर्दै त्यसलाई मान्न नसकिने चेतावनी दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण