भारतद्वारा नेपाली सेनालाई ६ वटा टार्गेट प्राक्टिस ड्रोन हस्तान्तरण
सोमबार, १६ भदौ २०८२, १७ : ११
सारांश
- भारतीय सेनाले नेपाली सेनालाई छ वटा ड्रोन र ग्राउन्ड सपोर्ट इक्युपमेन्ट हस्तान्तरण गरेको छ।
- यो सहयोग सुनौलीस्थित एकीकृत जाँच चौकीमा आयोजित समारोहमा हस्तान्तरण गरिएको हो।
- भारतले नेपालसँगको मित्रता र रक्षा सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । भारतीय सेनाले नेपाली सेनालाई छ वटा स्वदेशी टार्गेट प्राक्टिस ड्रोन तथा ग्राउन्ड सपोर्ट इक्युपमेन्ट हस्तान्तरण गरेको छ । भारतीय सेनाले सुनौलीस्थित एकीकृत जाँच चौकीमा आयोजित विशेष समारोहमार्फत सो सहयोग हस्तान्तरण गरेको हो ।

भारत–नेपाल मित्रता र सीमाभन्दा परको भ्रातृत्वलाई अझ सुदृढ बनाउने उद्देश्यसहित सहयोग हस्तान्तरण गरिएको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने र गहिरो द्विपक्षीय रक्षा सहकार्यलाई अझ प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण