सङ्घीय लोकतान्त्रिक मोर्चाको विराटनगरमा जनजागरण अभियान
विराटनगर । सङ्घीय लोकतान्त्रिक मोर्चाको पूर्व घोषित कार्यक्रम अन्तर्गत विराटनगरमा 'वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान' सुरु भएको छ ।
जनता समाजवादी पार्टी नेपालको समन्वयमा सोमबारदेखि अभियान सुरु भएको हो । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गरेका छन् ।
कार्यक्रममा बोल्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै उत्पीडितहरूले आ–आफ्नो राष्ट्रिय पहिचान अर्थात जातीय पहिचान खोजेको बताए । राष्ट्रिय पहिचानसँगै सबै समुदायले प्रतिनिधित्व र स्वायत्तता तथा सुशासन खोजेको बताए । उनले भूमि ऐन ल्याउनु देशलाई वनजंगल मुक्त बनाउने र धन कमाउने योजना रहेको बताए ।
कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेसी, थारु, आदिवासी जनजाति, दलित, पिछडावर्गहरुले छुट्टाछुट्टै सङ्घर्ष गरेकाले असफल भएको बताए ।
उत्पीडितहरूले अधिकार, पहिचान , स्वायत्तता र सुशासनका लागि सबै मिल्नुको विकल्प नरहेको उनले बताए । कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अधिकार पहिचानको लागि भएको आन्दोलनमा सङ्घर्ष गरेका योद्धाहरूमाथि झुटा मुद्दा लगाई सरकारले जेलमा राख्ने काम गरेका आरोप लगाए ।
उनले देशबाट राजा फाल्नु र गणतन्त्र ल्याउनु उपलब्धि रहेको समेत बताए । उखु किसानलाई सरकारले बेवास्ता गर्नु ठिक नभएको समेत उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण