बाबुराम भन्छन्, 'रुपन्देही- ३ को उपनिर्वाचन सामान्य चुनाव हो र होइन पनि'
सारांश
- बाबुराम भट्टराईले रुपन्देही-३ को उपनिर्वाचनलाई सामान्य चुनाव भनेका छन्।
- उनले नयाँ शक्तिहरूले एकता र सुझबुझका साथ काम गर्नुपर्ने बताए।
- भट्टराईले आगामी निर्वाचनका लागि राम्रो तयारी हुनसक्ने आकलन गरे।
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनलाई सामान्य चुनावको संज्ञा दिएका छन् ।
उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै रुपन्देही–३ को उपनिर्वाचन सामान्य हुने बताएका हुन् । संसदीय अङ्कगणितमा कुनै फरक नपर्ने र सरकारको स्थिरतालाई पनि कुनै तात्त्विक असर नगर्ने भन्दै सामान्य चुनाव भएको बताएका हुन् । तर भट्टराईले सोही उपनिर्वाचन सामान्य नहुने समेत तर्क गरेका छन् ।
उनले नयाँ र वैकल्पिक शक्तिहरूले एकताबद्ध र सुझबुझपूर्ण तवरले जनताको पुराना शक्तिप्रतिको निराशा र आक्रोशलाई प्रष्ट अग्रगामी विकल्पको मार्गचित्रसहित सकारात्मक विजयमा परिणत गर्न सके २०८४ को निर्वाचनका लागि राम्रो प्रारम्भिक रिहर्सल हुनसक्ने आकलन गरे ।
उनले लेखेका छन्,'अतः नयाँ र वैकल्पिक शक्तिहरूका जिम्मेवार नेताहरूले उक्त निर्वाचन क्षेत्रका राम्रा सम्भावना सँगसँगै ठोस विशेषता र चुनौती समेतलाई ध्यान दिएर एक्ला एक्लै डम्फू बजाउनु सट्टा उपयुक्त साझा उम्मेदवार उठाउने र जनताको भावनालाई कदर गर्नेतर्फ ध्यान दिउन्।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण