वात्सल्य एभरेष्ट महिला भलिबल लिग : एनामारिया पोखरा निन्जाजमा आबद्ध
काठमाडौँ । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले रोमानियाको ३२ वर्षीया आउट साइड हिटर एनामारिया बेरडिल्ला भित्र्याएको छ ।
उनले रोमानियाली यु–१८ राष्ट्रिय टोली यु–२० राष्ट्रिय टोलीबाट पनि खेलिसकेकी छन् । यसैगरी रोमानियाको सिनिएर टिमबाट पनि खेलेको अनुभव उनी सङ्ग रहेको छ ।
राष्ट्रिय टोली ,रोमानियाली लिग, रोमानियन कप ,च्याम्पियन्स लिग, सीईभी कप,अजरबैया सुपरलिग साइप्रस लिग र कप पनि उले खेलेकी छन् ।
उनलाई पोखरा नेन्जाज टिममा अनुबन्ध गर्न पाउँदा टिम धेरै उत्साहित रहेको र उनले खेल नियन्त्रण गरेर खेल्ने र टिमलाई जिताउन सक्नेमा मा टोली विश्वस्त रहेको छ ।
एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा एनामारिया बेरडिल्लाले आफू निकै हर्षित भएको बताएकी छन्। पोखरा निन्जाजलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि जिताउन अर्थपूर्ण योगदान पुर्याउने उनको लक्ष्य रहेको छ ।
उनको आगमन सँगै पोखरा निन्जाजको टिम पूर्ण भएको छ। करिब १० दिन काठमाडौँमा तयारी गरेर टिम पोखरा गइसकेको छ ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) को दोस्रो संस्करण आगामी भदाै २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण