चलचित्रकर्मीका लागि स्वास्थ्य बीमा कार्यक्रम : विशिष्टलाई १ लाख ५० हजार, अरूलाई ७५ हजारसम्म सुविधा
काठमाडौँ । सरकारले चलचित्रकर्मीहरूका लागि स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत चलचित्र विकास बोर्डमार्फत सञ्चालित यस योजनाबाट चलचित्र क्षेत्रमा संलग्न कलाकार, स्रष्टा तथा प्राविधिक प्रत्यक्ष लाभान्वित हुने बोर्डका अध्यक्ष दिनेश डीसीले जानकारी दिए ।
कार्यक्रमअनुसार, विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त चलचित्रकर्मीलाई वार्षिक १ लाख ५० हजार रुपैयाँसम्म र चलचित्रकर्मी श्रेणीको परिचयपत्र प्राप्तलाई वार्षिक ७५ हजार रुपैयाँसम्म औषधोपचार खर्चको सुविधा उपलब्ध गराइनेछ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्रकर्मीहरूको योगदानलाई उच्च सम्मान गर्दै स्वास्थ्य बीमा कार्यक्रमले उनीहरूको उपचार खर्चमा ठुलो राहत पुर्याउने विश्वास व्यक्त गरे ।
’चलचित्रलाई जीवन्त राख्न कलाकार, स्रष्टा र प्राविधिकहरूको श्रम अतुलनीय छ। उनीहरूको स्वास्थ्य हाम्रो सम्पत्ति हो,’ मन्त्री गुरुङले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण