मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गायिका रिया खत्रीको ‘कोशेली केरा चाहिन्छ’ बोलको सार्वजनिक

सोमबार, १६ भदौ २०८२, २० : ३५
सोमबार, १६ भदौ २०८२

काठमाडौँ । गायिका तथा मोडल रिया खत्रीको नयाँ म्युजिक भिडियोसहितको गीत ‘कोशेली मलाई त केरा चाहिन्छ’ सार्वजनिक भएको छ। 

गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ भने शब्द राजेश नेपाल बबिन र सङ्गीत विश्वास नेपालले दिएका हुन्। भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका हुन्।

भिडियोमा गायिका रिया खत्री र मोडल लोमस शर्माले अभिनय गरेका छन्। निर्देशक भट्ट र गायक नेपालले भिडियो आशालाग्दो बनेको प्रतिक्रिया दिएका छन्। भिडियो सार्वजनिक भएपछि खत्रीले पनि आफू निकै उत्साहित रहेको बताउँदै दर्शक–स्रोताबाट प्रतिक्रिया दिन आग्रह गरेकी छिन्।

सल्यान बागचौर नगरपालिका घर भएकी २१ वर्षीया खत्रीले प्लस टु सकाएपछि थप अध्ययनका लागि काठमाडौं आएकी थिइन्। हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय दिँदै आएकी उनले नेपालभित्रका विभिन्न महोत्सवमा मात्र नभई मलेसिया, सिङ्गापुर, भारतलगायत मुलुकमा समेत प्रस्तुति दिइसकेकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप