मोटरसाइकल दुर्घटनामा पुरुषको मृत्यु
सोमबार, १६ भदौ २०८२, २१ : २४
धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे बेदकोट नगरपालिका– ९ कोल्डस्टोर नजिक ४६ वर्षीयबहादुर रानाले चलाएको बा६६प २९६६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
बजारबाट घर जाने क्रममा अनियन्त्रित भई मोटरसाइकल सडकबाट नालामा खसेको थियो । उक्त क्रममा घाइते भएका उनको टाउको र हातखुट्टामा चोट लागेको थियो । उपचारका लागि उनलाई नगरपालिकाको एम्बुलेन्समा राखेर महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पठाइएको थियो । तर अपराह्न चार बजे रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव सोही अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरेर मोटरसाइल चलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण