चिरिबाबुलाई ‘एक्सिलेन्स अर्बन गभर्नेन्स अवार्ड’
सारांश
- ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले 'एक्सिलेन्स अर्बन गभर्नेन्स अवार्ड' प्राप्त गरे।
- उनलाई सिजन मिडियाको वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अवार्ड प्रदान गरे।
- महर्जनलाई ललितपुरलाई बस्नयोग्य सहर बनाउन योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।
ललितपुर । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले ‘एक्सिलेन्स अर्बन गभर्नेन्स अवार्ड’ पाएका छन्।
सिजन मिडियाको १७औँ वार्षिकोत्सवमा आयोजित एक कार्यक्रममा उनलाई यो अवार्ड प्रदान गरिएको हो। आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम राख्दै ललितपुरलाई बस्नयोग्य सम्पदा-मैत्री सहर बनाउन उनले गरेको योगदानको कदरस्वरूप उनलाई यो सम्मान दिइएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताएका छन्। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महर्जनलाई अवार्ड प्रदान गरेका थिए।
दुई कार्यकालदेखि ललितपुर महानगरको नेतृत्व गरिरहेका महर्जनलाई नेपालका ७५३ स्थानीय तहका प्रमुखमध्ये एक समर्पित र इमानदार नेतृत्वका रूपमा चिनिन्छ। उनले आधुनिकीकरणसँगै सांस्कृतिक परम्परा र सम्पदाको संरक्षणमा जोड दिँदै आएका छन्।
१९५७ डिसेम्बर १ मा ललितपुरको पुल्चोकमा जन्मेका महर्जनले आफ्नो प्रारम्भिक शिक्षा सामुदायिक सहयोगमा पूरा गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यमा स्नातकोत्तर गरेका उनले तत्कालीन ललितपुर नगरपञ्चायतको वडाध्यक्षबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। उनी तीनपटक वडाध्यक्ष र दुई कार्यकाल नगरप्रमुख बनेका छन्। उनी नेपाली कांग्रेस पार्टीमा आबद्ध छन्।
महर्जनले ललितपुरमा पहिलो साइकल लेन, स्मार्ट सडक बत्ती, आधुनिक फोहोर व्यवस्थापन प्रणाली, बीउ वितरण मेसिन, खानेपानी वितरण मेसिनजस्ता सार्वजनिक सेवा सुरु गरेका छन्। उनले सबै वडामा निःशुल्क पूर्वप्राथमिक शिक्षा, हरियाली क्षेत्रको विस्तार, वृक्षारोपण, शुद्ध पानीको पहुँच, र अन्तर्राष्ट्रिय सहकार्यमार्फत सांस्कृतिक आदानप्रदानमा पनि जोड दिएका छन्।

सोही कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो।
- लाइफटाइम एचिभमेन्ट अवार्ड: बालकृष्ण श्रेष्ठ
- आइकोनिक इन्टरप्रेन्योरसिप अवार्ड: राजेन्द्र मल्ल
- एक्सिलेन्स इन न्यूरोसाइन्स एन्ड हेल्थकेयर अवार्ड: डा. वसन्त पन्त
- वुमन इन बिजनेस लिडरसिप अवार्ड: ज्योत्स्ना श्रेष्ठ
- बैंकिङ सीईओ अफ द इयर: मनोज ज्ञवाली
- वुमन इन इनर्जी एक्सिलेन्स अवार्ड: सुसन कर्माचार्य
- भिजनरी लिडरसिप इन लाइफ इन्स्योरेन्स अवार्ड: सन्तोष प्रसाईं
- अटोमोटिभ बिजनेस एक्सिलेन्स अवार्ड: मिलनबहादुर मल्ल
- आउटस्ट्यान्डिङ पब्लिक कम्युनिकेटर अवार्ड: सिवानी थापा बस्न्यात
- आउटस्ट्यान्डिङ जर्नलिजम अवार्ड: सुशील अर्याल
- वुमन टुरिजम इन्टरप्रेन्योर अवार्ड: कमला गिरी
- आउटस्ट्यान्डिङ पब्लिक सर्भिस अवार्ड: शेरबहादुर बिसी
- युथ बिजनेस लिडरसिप अवार्ड: डिल्लीराम पङ्गेनी
- म्युजिकल ब्रिलियन्ट अवार्ड: शिव परियार
- एक्सिलेन्स इन फाइनान्स सर्भिस एन्ड डिजिटल इनोभेटिभ अवार्ड: खिलेन्द्र पौडेल
- एक्सिलेन्स इन हेयर एन्ड ब्युटीकेयर अवार्ड: लक्ष्मी ठाकुर
- हेल्थ एन्ड फिटनेस चेन्जमेकर अवार्ड: सुकदेव कार्की
- डिष्टिङ्ग्विस्ड परफरमेन्स सिनेमा अवार्ड: केकी अधिकारी
- युथ इनोभेटर इन्टरप्रेन्योरसिप अवार्ड: मनोज पौडेल
- एक्सिलेन्स इन एभिएसन एन्ड हस्पिटालिटी सर्भिस अवार्ड: सेमन्त श्रेष्ठ
- साइन्टिफिक पब्लिसिङ एन्ड एडिटोरियल एक्सिलेन्स अवार्ड: सुरेश रिजाल
यसका साथै एसियाका अन्य देशका केही व्यक्तिहरू पनि सम्मानित भएका छन्।
- पायोनियर फोटोग्राफी एन्ड कल्चर हेरिटेज अवार्ड: चेङ्ग हुआङ (चीन)
- वुमन बिजनेस लिडरसिप एक्सिलेन्स अवार्ड: लियाङ बोफा (कम्बोडिया)
- एक्सिलेन्ट फोटोग्राफी एन्ड हस्पिटालिटी अवार्ड: मसियुर रहमन सुमोन (बङ्गलादेश)
- आउटस्ट्यान्डिङ फोटो जर्नलिजम अवार्ड: मोइन्उद्दिन अहमद (बङ्गलादेश)
- एक्सिलेन्स इन इन्टरनेसनल बिजनेस एन्ड नेटवर्किङ अवार्ड: मनिमारन एल सुप्पिअह (मलेसिया)
- एक्सिलेन्स इन हेल्थ एन्ड सेफ्टी लिडरसिप अवार्ड: फुन्ट्शो डेन्डुप (भुटान)
- एक्सिलेन्स इन ग्लोबल डान्स एन्ड इन्टरटेनमेन्ट अवार्ड: सुकन्या अर्त्री (थाइल्यान्ड)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण