फेवातालमा हाम्फालेकी महिलाको सकुशल उद्धार
मङ्गलबार, १७ भदौ २०८२, ०८ : २१
सारांश
- पोखराको फेवातालमा हाम्फालेकी एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
- उद्धार गरिएकी महिला मकवानपुर घर भएकी ४५ वर्षीया हिरा नेगी हुन्, जो लेकसाइडमा बस्दै आएकी थिइन्।
- महिलालाई उद्धार गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट पठाइएको छ र उनको अवस्था सामान्य छ।
काठमाडौँ । कास्कीको पोखरा महानगपालिका–६ गौरीघाटस्थित फेवातालमा हाम्फालेकी एक महिलाको सकुशल उद्धार गरिएको छ ।
मकवानपुर घर भइ हाल पोखरा–६ लेकसाइड बस्ने वर्ष अम्दाजी ४५ कि हिरा नेगी तालमा हामफालेको सशस्त्र प्रहरीले जनाएको छ ।
मंगलबार बिहान हामफालेकी उनी तालमा रहेको काठको मुढामा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्कीबाट इन्सपेक्टरको कमाण्डमा ५ जना गोताखोरसहितको संयुक्त सुरक्षा फौजले उनको उद्धार गरेको हो ।
उद्धार पश्चात उनलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट पठाइएको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण