कोटेश्वरको बज्राचार्य गहना उद्योगमा राजस्वको छापा
मङ्गलबार, १७ भदौ २०८२, १० : ४४
सारांश
- काठमाडौँको कोटेश्वरस्थित बज्राचार्य गहना उद्योगमा छापा मारिएको छ।
- राजस्व अनुसन्धान विभागको टोलीले उद्योगबाट ६२१ ग्राम काँचो सुन बरामद गरेको छ।
- विभागले सुन कारोबारमा राजस्व छलीको आशंका गर्दै अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर स्थित बज्राचार्य गहना उद्योगमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागबाट खटिएका अनुसन्धान अधिकृत र सशस्त्र प्रहरीका डीएसपी नेतृत्वको टोलीले गहना उद्योगबाट ६२१ ग्राम काँचो सुन बरामद गरेको छ ।
पसल र कारखानाबाट बरामद गरिएको काँचो सुनबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले रातोपाटीलाई बताए । उनले भने, ‘सो गहना उद्योगमा राजस्व छलीको सुनको कारोबार हुने गरेको सूचना हामीसँग थियो ।’
बज्राचार्य गहना उद्योगबाट बरामद सुन र बिलबिजकबारे विभागले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण