ललितपुरमा बँदेललाई थापेको पासोमा मान्छे परेपछि.....
मङ्गलबार, १७ भदौ २०८२, १२ : ४२
काठमाडौँ । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–३ मा बँदेललाई थापेको पासोमा मान्छे परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय कृष्ण भोलन छन् । भदौ १२ मा मकैबारीमा उनले थापेको पासोमा परेर ५० वर्षीय मान बहादुर जिम्बा घाइते भएका थिए । जिम्बाको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।
भोलनलाई पक्राउ गरेर म्याद थप गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरी वृत्त चापागाउँले उनीविरुद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण