महिला जनप्रतिनिधि सक्षम छन् : अष्टलक्ष्मी शाक्य
मङ्गलबार, १७ भदौ २०८२, १४ : ४७
काठमाडौँ । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहका महिला जनप्रतिनिधिहरू सक्षम रहेको बताएकी छन्।
मंगलवार काठमाडौँमा आयोजित ‘प्रेरणादायी महिला जनप्रतिनिधि’ विषयक कार्यक्रममा बोल्दै शाक्यले स्थानीय तहका महिलाले देखाएको आँट, हिम्मत र स्पष्ट सोच प्रशंसायोग्य रहेको उल्लेख गरिन्।
उनका अनुसार मुलुकलाई समृद्ध बनाउन महिला नेतृत्वलाई स्थापित गर्न जरुरी छ। सञ्चार माध्यमहरूले पनि महिलाहरूलाई अघि बढाउन सहयोग गर्नुपर्ने भन्दै उनले समाजलाई विभेदमुक्त बनाउन महिलाको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन्।
७२ वर्ष पुगेकी शाक्यले अब आफू बिस्तारै राजनीतिबाट पछि हट्ने भए पनि महिलाहरू सक्षम रूपमा अगाडि बढ्न सक्ने विश्वास व्यक्त गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण