सर्लाहीमा ५५ किलोभन्दा बढी गाँजासहित एक युवक पक्राउ
सारांश
- सर्लाही प्रहरीले ५५ किलोभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
- ईश्वरपुर नगरपालिका-४ मा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले युवकलाई नियन्त्रणमा लिएको हो।
- पक्राउ पर्नेमा ईश्वरपुरका ३२ वर्षीय संजीव भुजेल रहेका छन् र उनीमाथि अनुसन्धान भइरहेको छ।
सर्लाही । सर्लाही प्रहरीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको अभियानमा ५५ किलोभन्दा बढी गाँजासहित एक युवक पक्राउ परेका छन् ।
सोमवार साँझ ६ः३० बजेको समयमा ईश्वरपुर नगरपालिका–४ पूर्वपश्चिम राजमार्गको दोस्रो लच्का नजिकै प्रतिबन्धित लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर रवीन्द्र कार्की र इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर उमाकान्त जोशीको कमाण्डमा गएको संयुक्त टोलीले सडक किनारामा शंकास्पद अवस्थामा बसेका एक व्यक्तिलाई चेकजाँच गर्दा गाँजा फेला परेको हो ।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–१२, घारीबथानका ३२ वर्षीय संजीव भुजेल रहेका छन् । प्रहरीले उनको साथबाट सेतो रंगका तीन वटा प्लास्टिकका बोरामा परालले छोपेर लुकाइ राखिएको अवस्थामा ५५ किलो २२० ग्राम गाँजा बरामद गरेको जनाएको छ ।
सर्लाही प्रहरीका सह–प्रवक्ता इन्स्पेक्टर बलिस्टर सिंहका अनुसार बरामद गाँजासहित संजिव भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखिएको छ । आज मंगलबार जिल्ला अदालत सर्लाहीबाट सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
बरामदस्थल इलाका प्रहरी कार्यालय केशरगञ्जबाट करिब १० किलोमिटर पूर्व–उत्तरतर्फ पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
-
स्रोत नखुलेको ३२ लाख नगदसहित दुई जना पक्राउ
-
रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी
-
मेक्सिको नकआउट पुग्दा कोरिया सकसमा, ब्राजिलले के गर्ला ?
-
गोरेटो बाटोमा भेटिएको शवको रहस्य खुल्यो : श्रीमती र छोराले गरे हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण