सुन धरौटी लिएर पैसा दिन्थे विनोद श्रेष्ठ, प्रहरीसँग भने, ‘छोराहरूको कम्पनी छ’
सारांश
- प्रहरीले काठमाडौंको गोंगबुमा छापा मार्दा विनोद श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद बरामद गरेको छ।
- श्रेष्ठको घरबाट ७ किलो सुनका गहना समेत बरामद गरिएको छ, र उनले धरौटीमा सुन राखेर ब्याजमा पैसा लगाउने गरेको पाइएको छ।
- श्रेष्ठले बैंकमा धेरै कारोबार गर्न नमिल्ने भएपछि घरबाटै गर्ने गरेको र प्रहरी अधिकृतहरूले समेत सुन राख्ने गरेको बताएका छन्।
काठमाडौँ । मंगलबार प्रहरीले छापा मारेर गोंगबु स्थित विनोद श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद बरामद गरेको छ ।
गोरखाको गोरखा नगरपालिका वडा नम्बर–१ घर भएर काठमाडौँ–२६ मा घर बनाएर बसेका श्रेष्ठको घरमा त्यति नगद मात्र भेटिएन, सुनका गहना पनि अत्यधिक भेटिएको छ । उनको घरबाट करिब ७ केजी गहना प्रहरीले बरामद गरेको छ ।
घरमा सर्च गर्न पुगेका प्रहरीले चामलको बोरामा लुकाएर राखेको पैसा गणना गर्न थालेपछि ७६ वर्षीय श्रेष्ठ हेरिरहे । अनुसन्धान अधिकृतहरूले रकम सुरक्षित गणना गर्ने उल्लेख गर्दै सोधे, ‘कहाँबाट ल्याउनुभयो बुवा यो रकम ?’
श्रेष्ठले जवाफ दिए, ‘एडिबी कम्पनी छ छोराहरूको ।’ बैंकमा धेरै रकमको कारोबार गर्न नपाउने भएपछि घरबाट नै कारोबार गर्ने गरेको श्रेष्ठले बताए । उनले भने, ‘बैंकमा ९ लाखभन्दा बढी कारोबार गर्न मिल्दैन ।’
धरौटीको रूपमा सुन राखेर श्रेष्ठले पैसा ब्याजमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । काठमाडौँका एसएसपी विश्व अधिकारी भन्छन्, ‘सुन धरौटी राखेर रकम दिने गरेको देखिन्छ ।’
..._kwIAL7wzHD.jpg)
उनले मिटर ब्याजमा समेत लगानी गर्ने गरेको एसएसपी अधिकारीको आशङ्का छ । अधिकारी भन्छन्, ‘त्यसबारे अनुसन्धान गर्छौँ ।’
सुन राखेर कतिपय प्रहरीका अधिकृतहरू समेत रकम लिन आउने गरेको श्रेष्ठले दाबी गरेका छन् । प्रहरीसँग उनले भनेका छन्, ‘डीएसपीहरु नै सुन राख्न आउँछन्, पैसा लान्छन् ।’
श्रेष्ठले धरौटीमा राखेको गहना पसलेहरूलाई बेच्ने गरेको थाहा भएको छ । सुन पसलेहरू उनीकहाँ सुन लिन जान्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण