अस्पतालमै मुसाले टोकेर नवजात शिशुको मृत्यु !
सारांश
- इन्दौरको एक सरकारी अस्पतालमा मुसाले टोकेर शिशुको मृत्यु भएको घटना सार्वजनिक भयो।
- अस्पताल प्रशासनले लापरवाही गरेको आरोपमा केही कर्मचारीलाई कारबाही गरेको छ।
- अस्पतालले मुसा नियन्त्रणको जिम्मा पाएको कम्पनीलाई जरिवाना गरेको छ।
नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यको इन्दौरस्थित एक सरकारी अस्पतालमा अनौठो घटना भएको छ । जिल्लाको सबैभन्दा ठुलो सरकारी अस्पताल ‘एमवाई’मा मुसाले टोकेर एक जनजात शिशुको मृत्यु भएको बताइएको छ ।
अस्पताल प्रशासनले नवजात शिशुको मृत्यु मुसाले टोकेकै कारण भएको भनेर मान्न नसकिने जनाए पनि उक्त घटनामा लापर्बाही गरेको भन्दै केही कर्मचारीलाई कारबाही गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भर्खरै जन्मिएको शिशुलाई आइतबार ‘एनआईसीयू’मा राखेर आवश्यक उपचार गरिएको थियो । सोही क्रममा राति मुसाले नवजात शिशुको हात–खुट्टामा टोकेको बताइएको छ ।
अस्पतालका कर्मचारीले घटनाबारे थाहा पाउनासाथ ‘एनआईसीयू’ खाली गरेर बिरामीलाई अन्यत्र सारेका थिए । उक्त घटनापछि नर्सिङ अफिसर आकांक्षा बेन्जामिन र श्वेता चौहानलाई निलम्बन गरिएको अस्पताल प्रशासनले जनाएको छ । सहायक नर्सिङ अफिसर कलावती बलावी र पेडियाट्रिक सर्जरी विभागका प्रमुख डा. मनोज जोशीसँग स्पष्टीकरण सोधिएको छ ।
अस्पतालले कीट नियन्त्रणको जिम्मेवारी सम्हाल्दै आएको एजाइल कम्पनीलाई एक लाख रुपैयाँ जरिबाना गरेको छ । उक्त कम्पनीलाई यस्तै लापर्बाही गरेमा सम्झौता रद्द गर्ने चेतावनीसमेत दिइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण