विश्व जङ्गल राजमा फर्कनु हुँदैन : सी जिनपिङ
बुधबार, १८ भदौ २०८२, ११ : ४६
१
सारांश
- चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व बलियाले कमजोरको शिकार गर्ने अवस्थामा फर्कनु नहुने बताए।
- सीले विजय दिवस परेडपछि आयोजित भोजमा यस्तो अभिव्यक्ति दिएका हुन्, तर कुनै पनि पश्चिमी देशको नाम लिएनन्।
- सीले इतिहासबाट पाठ सिक्दै शान्ति र मिलेर काम गर्नुपर्नेमा जोड दिए, जसले मानव जातिको उज्ज्वल भविष्य बनाउनेछ।
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व कहिल्यै पनि बलियाले कमजोरहरूको शिकार गर्ने जङ्गल राजमा फर्कनु नहुने बताएका छन् । चीनको विजय दिवस परेड पछि दिवाभोज आयोजना गरिएको थियो ।
सोही भोजको स्वागत भाषणमा सिले यस्तो अभिव्यक्ति दिएका हुन् । आफ्नो भाषणमा सीले कुनै पनि पश्चिमी देशको नाम सिधै लिएनन् ।
चिनियाँ अधिकारीहरूले पहिले अमेरिकालाई ‘धौस देखाउनेवाला’ भनेका थिए । यसको कारण अमेरिकाले विश्वभरका देशहरूमा लगाएको कर भनिएको थियो ।
सीले अगाडि भने, ‘हामी आशा गर्छौँ कि सबै देशहरूले इतिहासबाट पाठ सिक्नेछन्, शान्तिलाई महत्त्व दिनेछन् र मिलेर काम गर्नेछन्, ताकि मानवताको लागि उज्ज्वल भविष्य सिर्जना गर्न सकियोस्,’ आफ्नो भाषणको अन्त्यमा सीले सम्पूर्ण मानव जातिको खुसीको कामना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण