अनुमति बिनाका आफ्नो तस्बिर प्रयोग गर्ने ब्रान्डलाई सोनाक्षीको चेतावनी
सारांश
- सोनाक्षी सिन्हाले केही ब्रान्डहरूले आफ्नो तस्बिरहरू अनुमति बिना प्रयोग गरेकोमा आपत्ति जनाइन्।
- उनले तस्बिर हटाउन वा कारबाही भोग्न तयार रहन चेतावनी दिइन्।
- तब्बूले पनि यो विषयमा सोनाक्षीलाई समर्थन जनाइन्।
मुम्बई । अभिनेत्री सोनाक्षी सिन्हाले हालै केही ब्रान्डप्रति आक्रोश व्यक्त गरेकी छिन्। उनीहरूले अभिनेत्रीको अनुमतिबिना नै आफ्नो आधिकारिक वेबसाइटमा उनका तस्बिर प्रयोग गरिरहेको भन्दै उनले आपत्ति जनाएकी हुन्।
सोनाक्षीले आफ्ना तस्बिरहरू तत्काल हटाउन वा कारबाही भोग्न तयार रहन चेतावनी दिएकी छन्। इन्स्टाग्राममा एक पोस्ट लेख्दै सोनाक्षीले भनेकी छिन्, ‘म प्रायः अनलाइन सपिङ गर्छु र मैले केही ब्रान्डको वेबसाइटमा अनुमतिबिना नै मेरा तस्बिरहरू देखेकी छु। जब कुनै कलाकारले तपाईँहरूको पहिरन वा गहना लगाउँछ, तब तपाईंहरूले ब्रान्डको क्रेडिट दिँदै पोस्ट गर्नुहुन्छ। तर तिनै तस्बिरलाई तपाईंको आधिकारिक वेबसाइटमा राख्नु चाहिँ धेरै भयो।’
उनले अगाडि लेखेकी छिन्, ‘मेरो तस्बिरहरू हटाउनुहोस्, नत्र म सार्वजनिक रूपमा कारबाही गर्न थाल्छु। वा मलाई मेरो बिल कहाँ पठाउने हो, बताउनुहोस्। निर्णय तपाईंको।’
सोनाक्षीको यो पोस्टलाई अभिनेत्री तब्बूले पनि रि-पोस्ट गर्दै ‘धन्यवाद सोनाक्षी, मेरो पनि यही सोच छ’ भनेर लेखेकी छिन्। यसमा सोनाक्षीले जवाफ दिँदै ‘मलाई थाहा थियो कि यो सोच्ने म एक्लो छैन’ भनेर लेखेकी थिइन्।
सोनाक्षी सिन्हा यसै वर्ष जुलाईमा रिलिज भएको मिस्ट्री हरर फिल्म ‘निकिता रोय’ मा देखिएकी थिइन्। फिल्ममा उनीसँगै परेश रावल र अर्जुन रामपाल पनि मुख्य भूमिकामा थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण