मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचित हुनुपर्छ : एमाले नेता थपलिया
सारांश
- एमाले नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री र प्रधानमन्त्री पदमा प्रत्यक्ष निर्वाचनको प्रस्ताव गरेका छन्।
- उनले प्रत्यक्ष निर्वाचन प्रणालीले सरकारलाई स्थिर बनाउने र जनताको अपनत्व बढाउने विश्वास व्यक्त गरे।
- थपलियाले अस्थिर सरकारले विकासमा बाधा पुर्याएको र प्रत्यक्ष निर्वाचन प्रणाली लोकतान्त्रिक हुने बताए।
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले देशको कार्यकारी पद अर्थात् मुख्यमन्त्री र प्रधानमन्त्री पदमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अघि बढाएका छन् । उनले यो व्यवस्था संविधानमै सुनिश्चित गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।
न्युज एजेन्सी नेपालसँग हेटौँडास्थित प्रदेशसभा परिसरमा कुराकानी गर्दै थपलियाले प्रत्यक्ष निर्वाचन प्रणालीले सरकारलाई पाँच वर्षसम्म ढुक्कसँग काम गर्ने वातावरण दिन्छ र जनतासँगको अपनत्व पनि बढाउँछ भन्ने विश्वास व्यक्त गरे । सरकार स्थिर रहन सक्यो भने विकास निर्माणका कुराहरू पनि निरन्तर रूपमा अघि बढ्न सक्ने उनको भनाई थियो ।
त्यसैले अब संविधानमै आवश्यक संशोधन गरेर यस्तो प्रणालीमा जानुपर्ने बेला आएको उनको जोड थियो । थपलियाले अहिलेको राजनीतिक प्रणालीमा सरकार ढल्ने, समर्थन फिर्ता हुने र बारम्बार सत्ता परिवर्तन हुने क्रमले विकासको गति अवरुद्ध भएको उल्लेख गरे ।
उनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट जनप्रतिनिधि आउँदा जनताले आफैँले चुनेको नेतृत्वसँग प्रत्यक्ष रूपमा हिसाब-किताब माग्न सक्ने वातावरण बन्ने भन्दै उनले उक्त प्रणाली लोकतान्त्रिक अभ्याससँग पनि मेल खाने बताए । उनले पार्टीभित्र देखिएको आन्तरिक बहस स्वाभाविक प्रक्रिया भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण