दैनिक ५-६ जना सर्पदंशका बिरामी अस्पताल पुग्छन्
बुधबार, १८ भदौ २०८२, १४ : ३९
सारांश
- तराई-मधेसका जिल्लाहरूमा सर्पदंशका घटनाहरू बढिरहेका छन्।
- प्रादेशिक अस्पताल जनकपुरधामका अनुसार दैनिक ५/६ जना सर्पदंशका बिरामीहरू अस्पताल आउने गर्छन्।
- २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन्, जसमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ।
धनुषा । तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटना बढ्दै गएका छन् । सर्पदंशका बिरामीको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ ।
दैनिक पाँच/छ जना सर्पदंश बिरामीहरू अस्पताल आउने गरेको प्रादेशिक अस्पताल जनकपुरका आपत्कालीन सेवा कक्ष प्रमुख उज्ज्वल झाले जानकारी दिए । उनकाअनुसार २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् ।
तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ । यद्यपि समयमै अस्पताल पुग्ने गरेका कारण सर्पदंशका कारण हुने मृत्युदरमा कमी आएको उनको भनाइ छ । हालसम्म प्रादेशिक अस्पतालमा सर्पदंशका कारण सात जनाको मृत्यु भएको झाले जानकारी दिए ।
वर्षा र गर्मीको समयमा सचेत रहन तथा सर्पले टोकिहाले नजिकैको स्वास्थ्य संस्थामा पुग्न स्वास्थ्यकर्मीको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूले औँल्याए कमजोरी नै कमजोरी
-
कार्यकारी निकायले अख्तियारलाई ‘निर्देशन’ दिन मिल्छ ?
-
कर्णालीमा एमालेले भन्यो– ‘मन्त्री नै आयोजक हुने, त्यसमा सरकारको लगानी हुने कुरा अलिकति स्वार्थ बाझिएको हो कि ?’
-
बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते
-
‘टोल टोलमा फिल्म महोत्सव’ सुरु
-
कागजातका आधारमा मात्र जाँचपास गरेको पुष्टि, रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण