कोशीको थप एक जिल्लामा लम्पी स्किन फैलियो
सारांश
- कोशी प्रदेशको ओखलढुंगामा लम्पी स्किन रोग फैलिएको छ, जसले गर्दा प्रभावित जिल्ला १३ पुगेको छ।
- प्रदेशभर २८ हजारभन्दा बढी पशुचौपायामा रोग देखिएको छ, जसमा ९ सय ८९ को मृत्यु भएको छ।
- खोप लगाएका पशुमा रोगको प्रभाव कम देखिएको छ भने निर्देशनालयले खोप वितरण गरिरहेको छ।
काठमाडौँ । कोशी प्रदेशको थप एक जिल्लामा गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग फैलिएको छ ।
कोशी प्रदेशको ओखलढुंगा जिल्लामा पनि ७ वटा गाई गोरुमा लम्पी स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो ।
पछिल्लो तथ्यांक अनुसार कोशी प्रदेशमा २८ हजार २ सय ५९ वटा गाइगोरु र राँगा भैँसीमा लम्पी स्किन रोग पाइएकोमा ९ सय ८९ वटा पशु चौपाया मरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । लम्पी स्किन रोग विरुद्धको खोप लगाएका पशुचौपायाहरुमा यो रोगको प्रभाव कम देखिएको र मुख्यरुपमा लम्पी स्किन रोग लागेका बाछाबाच्छी र पाडापाडीहरु बढी मरेको पशु चिकित्सकहरुले बताएका छन् । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले लम्पी स्किन रोग विरुद्धको खोप सम्बन्धित कृषि ज्ञान केन्द्र मार्फत पालिकाहरूलाई वितरण गरेको छ ।
कोशी प्रदेशमा ३ लाख ७२ हजार ८ सय ४ वटा पशुचौपायाहरुलाई खोप लगाइएकोमा २५ हजार ४ सय २४ वटा पशुचौपायाहरु निको भएको र १ हजार ८ सय ४६ वटा पशुचौपायाहरु संक्रमित रहेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले जानकारी दिए ।
कोशी प्रदेशमा १३ लाख २४ हजार ४ सय २६ वटा गाइगोरु र ३ लाख ७४ हजार ५ सय ६७ वटा राँगाभैसी रहेको तथ्यांक छ । कोशी प्रदेशमा सबैभन्दा बढी झापा, त्यसपछि मोरङ, त्यसपछि इलाम, सुनसरी र उदयपुर जिल्लामा लम्पिस्किन रोगको संक्रमण देखिएको छ । लम्पी स्किन रोगको संक्रमण फैलिनबाट जोगाउन गोठहरु सरसफाइ गर्ने तथा पशु प्राविधिकहरूको सल्लाह मान्न कृषकहरूलाई पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण