एमालेको विधान महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र महासचिवले प्रस्तुत गर्ने ३ वटा प्रतिवेदनमा के छ ?
सारांश
- एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक, उपाध्यक्ष पौडेलले विधान संशोधन र महासचिव पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्नेछन्।
- राजनीतिक प्रतिवेदनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण र पार्टीको कार्यदिशा स्पष्ट पार्नेछ, साथै समाजवादको आधार निर्माण गर्ने रोडम्याप प्रस्तुत गरिनेछ।
- विधान संशोधनमा ७० वर्षे उमेर हद हटाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने र पदाधिकारीमा एक महिला अनिवार्य गर्ने प्रस्ताव छन्।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा तीन वटा मुख्य प्रतिवेदन पेस हुने भएको छ ।
अधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने तय भएको छ ।
त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले पनि आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने बुधबार महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिवेदनहरू उपर महाधिवेशनमा सहभागी प्रतिनिधिहरुबिच समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गरिएको छ ।
यस्तै राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने रोडम्याप प्रस्तुत गरिएको छ । यस्तै निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई उभ्याउन योजना पनि प्रस्ताव गरिएको छ ।
त्यसैगरी उपाध्यक्ष पौडेलले प्रस्तुत गर्ने विधान संशोधन सम्बन्धी प्रस्तावमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विषय थप गरिएको छ ।
साथै पार्टीमा दुईखाले पार्टी सदस्यहरूको व्यवस्था, ७० बर्से उमेरहद नरहने, पार्टीका जिल्ला कमिटीलाई कार्यकारी रूपमा कायम गर्ने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एक तिहाइ पोलिटब्यूरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी रहने लगायतको नयाँ व्यवस्था प्रस्ताव गरिएको छ । पदाधिकारीमा एक जना महिला अनिवार्य गरिएको छ ।
यस्तै महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने सङ्गठनात्मक प्रस्तावमा पार्टी निर्माणका क्षेत्रमा देखापरेका समस्या र समाधानका उपायहरू, पार्टी निर्माणका क्षेत्रमा आजसम्मका विकसित सर्वस्वीकार्य मान्यताका आधारमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ ।
पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न समाजका हरक्षेत्रले हाम्रो पार्टीको देशभक्तिपूर्ण भावना, विकास र समृद्धिको योजना र सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य व्यवस्थाप्रति विश्वास र भरोसा गर्ने स्थिति सिर्जना गर्ने नीति स्पष्ट गरिएको छ ।
मुलुकमा राजनीतिक स्थायित्व, राष्ट्रिय हित र स्वाभिमानको रक्षा तथा समृद्धि र सुशासनलाई निर्बाध अगाडि बढाउन राष्ट्रिय शक्तिको निर्माण अपरिहार्य रहेको कुरामा जोड दिइएको छ ।
एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० गतेदेखि सुरु हुनेछ । दोस्रो विधान महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल सहभागी सङ्ख्या २३४१ रहने एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण