किरण साहले भनिन्- मन्त्रीलाई अभिभावक सोचेर फोन गरेकी थिएँ, हिरासत पुर्याउनुभयो
वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवसँग चर्को स्वरमा बोलेको आरोपमा पक्राउ परेकी किरण साह अहिले प्रहरी हिरासतमा छिन् । स्वास्थ्यमा समस्या आएपछि बुधबार प्रहरीले उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्यायो ।
बिहान किरणलाई ग्यास्ट्रिकको समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले बताए । अस्पतालमा जाँचपछि उनलाई पुन: प्रहरी कार्यालयको हिरासतमा ल्याइएको छ ।
अस्पतालबाट फर्किने क्रममा किरणले खानेपानी मन्त्री यादवसँगको विवादबारे केही बताएकी छिन् । उनले मन्त्री यादवसँग पुरानै चिनजान रहेको भन्दै सहयोगको आशाले फोन गरेको बताइन् ।
‘मन्त्रीज्यूसँग एउटा कार्यक्रममा भेट भएको थियो । त्यही बेला उहाँले आफ्नो नम्बर दिनुभएको थियो,’ किरणले भनिन्, ‘अस्ति घरमा सबैलाई हैजाले सताएपछि मन्त्रीज्यूलाई फोन गरेँ । खासमा आफ्नो समस्या सुनाउनका लागि फोन गरेको हुँ ।’
मन्त्रीलाई निकै पटक फोन गर्दा पनि नउठेको र एकपटक उठेपछि आक्रोश पोखेको बताइन् ।
‘हैजाको संक्रमणको चपेटामा मेरो घरमा बुवाआमा पर्नुभयो, उहाँहरु निको हुनु भयो । त्यसपछि मेरो सानी छोरी (बहिनीको छोरी) बिरामी भइन् । उसको अवस्था गम्भीर भयो । उपचारका लागि नारायणी अस्पतालमा ठाउँ पाइरहेको थिएन । पछि उसलाई नेसनल मेडिकल कलेजमा भर्ना गर्यौं,’ किरणले भनिन् ।
यही विषयमा जानकारी गराउन मन्त्री यादवालाई फोन गरेको उनले बताइन् । ‘मन्त्रीज्यू हाम्रो अभिभावक भएकाले फोन गरेको हुँ, तर त्यही फोनले मलाई थुनामा पुर्यायो,’ उनले भनिन्, ‘अभिभावकसँग रिसाएर चर्को स्वरमा कुरा गर्दा जेल नै हाल्नुपर्छ त ?’
उनले अगाडि भनिन्, ‘पावरको दुरुपयोग गरेर मलाई हिरासतमा ल्याइयो । ममाथि मुद्दा चलाइयो । यो कहाँको न्याय हो ?’
आफूले सयपटक भन्दा बढी फोन गर्दा पनि मन्त्रीले कुनै पहल नगरेपछि बाध्य भएर उक्त फोन कलको अडियो सामाजिक सञ्जालमा राख्न लगाएको उनले बताइन् ।
मन्त्री यादवसँग चर्को स्वरमा बोलेको भन्दै उनका स्वकीय अधिकृत हरिन्द्र साहले दिएको जाहेरीको आधारमा किरणलाई पक्राउ गरिएको हो । उनीमाथि तीनवटा मुद्दा दर्ता छ ।
प्रहरीले उनीविरुद्ध विद्युतीय कारोवार सम्बन्धी अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिएको र झुटा अफवाह फैलाएको कसुरमा मुद्दा दर्ता गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण