जनकपुरधाममा दसैँ बजार सञ्चालनबारे सर्वपक्षीय छलफल
सारांश
- जनकपुरधाममा सुपथ तथा सुलभ दसैँ बजार सञ्चालनबारे सरोकारवालाबीच छलफल भयो।
- छलफलमा बजार सञ्चालन, गुणस्तर, र स्थानीय उत्पादनलाई प्राथमिकता दिने कुरामा जोड दिइयो।
- प्रशासनिक निकायको अनुपस्थिति र विगतका अनुभवलाई मध्यनजर गर्दै सुझावहरू प्रस्तुत गरियो।
जनकपुरधाम । जनकपुरधाममा सुपथ तथा सुलभ दसैँ बजार सञ्चालनबारे सर्वपक्षीय छलफल भएको छ । प्रत्येक वर्षजस्तै यसपटक पनि दसैँ बजार सुरु गर्नु अघि स्थानीय व्यापारी, सरोकारवाला निकाय र समुदायबिच छलफल आयोजना गरिएको हो ।
जनकपुरधाम उद्योग वाणिज्य संघमा बुधबार भएको सर्वपक्षीय छलफलमा सहभागी अधिकांशले बजार सञ्चालनलाई अनिवार्य ठहर गर्दै तौल, मूल्य र गुणस्तर नियन्त्रणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरूले स्थानीय उत्पादनलाई प्राथमिकताका साथ बजारमा प्रवर्द्धन गर्नुपर्ने सुझाव दिएका छन् । दसैँ बजारलाई केवल खरिद–बिक्रीको स्थल नभई स्थानीय हस्तकला, सांस्कृतिक सम्पदा र उद्यमशीलताको प्रदर्शन गर्ने अवसरको रूपमा उपयोग गर्नुपर्ने उनीहरूको धारणा छ ।
छलफलमा सहभागीहरूबिच सबैभन्दा बढी चर्चा प्रशासनिक निकायको अनुपस्थितिबारे भएको थियो । विगतमा प्रमुख जिल्ला अधिकारी नै दसैँ बजार संयोजन समितिको अध्यक्षका रूपमा रहने परम्परा रहे पनि यसपटक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख भने कार्यक्रममा उपस्थित रहेनन् । यद्यपि, प्रहरी निरीक्षकसहितका केही प्रतिनिधि भने कार्यक्रममा देखिएका थिए ।
जनकपुरधामका उपभोक्ता दसैँ बजारलाई लामो समयदेखि प्रतीक्षा गर्ने गर्छन् । साबुन, अगरबत्तीदेखि लिएर दैनिक उपभोग्य सामग्री सस्तो र सहज रूपमा उपलब्ध हुने अपेक्षाले उनीहरू यस्तो बजारको प्रतीक्षा गर्ने गरेको पाइन्छ ।
छलफलमा सहभागीहरूले दसैँ बजारका विगतका अनुभव स्मरण गर्दै भिड नियन्त्रण, ट्राफिक व्यवस्थापन, गुणस्तर अनुगमन र भाउ नियन्त्रणलाई यसपटक विशेष प्राथमिकता दिनुपर्ने सुझाव दिए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न छलफलमा स्थानीय व्यापारी, बुद्धिजीवी, समाजसेवी, पत्रकार र जनप्रतिनिधिहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण