मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

हतियार प्रदर्शन गरी टिकटक बनाउने एक जना पक्राउ

बुधबार, १८ भदौ २०८२, १९ : २२
बुधबार, १८ भदौ २०८२

काठमाडौँ । सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरी टिकटक बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  मुस्ताङको मुक्तिनाथ क्षेत्र गाउँपालिका वडा नम्बर वडा नम्बर १ भई काठमाडौँको स्वयम्भू बस्ने २१ वर्षीय साङ्पो ठकुरी रहेका छन् ।

उनलाई प्रहरीले भिडियो मंगलबार ठमेलको एक होटलबाट पक्राउ गरेको हो । बन्दुकसहित पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप