म्याग्दीको ओखरबोट पहिरोको जोखिममा
सारांश
- म्याग्दीको मालिका गाउँपालिका-४ मा ओखरबोट गाउँ पहिरोको जोखिममा परेको छ, जसले गर्दा तीन घरमा क्षति पुगेको छ र २५ घर जोखिममा छन्।
- पहिरोले चन्द्रबहादुर, खड्गबहादुर र मोतिसरा पटेलको घरको छानो भत्काएको छ, जसका कारण उनीहरू विस्थापित भएका छन् र अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ।
- पहिरो नियन्त्रणका लागि ग्यावियन पर्खाल निर्माणको तयारी र प्रदेश सरकारसँग समन्वय भइरहेको छ, साथै ओखरबोट माविको भवनमा ठूलो क्षति पुगेको छ।
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-४ मा रहेको ओखरबोट गाउँ पहिरोको जोखिममा परेको छ ।
ओखरबोटको बस्तिमाथिको खानीडाडाँबाट खसेको पहिरोले तीन घरमा क्षति पुर्याएको छ भने थप २५ घर जोखिममा परेका हुन् । स्थानीयवासी चन्द्रबहादुर पटेलले साँझ खाना खाएर आफन्तकहाँ गएर सुत्ने गरेको बताए ।
“पाखोबाट खसेको पहिरोले तीन वटा घरको छानो भत्काएको छ”, उनले भने, “थप पहिरो खस्ने जोखिम भएकाले सुरक्षित ठाउँमा भएको आफन्तकहाँ गएर बस्न थालेका छौँ ।” पहिरोले चन्द्रबहादुर, खड्गबहादुर र मोतिसरा पटेलको घरको छानो भत्काएको छ ।
बस्तीदेखि करिब १०० मिटर रहेको पाखोबाट पहिरो खस्न थालेको छ । चन्द्रबहादुर, खड्गबहादुर र मोतिसरासहित, सुशीला पटेल, शान्ति पटेल, दिपक पटेल र भोजमाया विकका परिवार विस्थापित भएका छन् ।
वडासदस्य भीमसरा पुनका अनुसार घर भत्किएका र उच्च जोखिममा रहेका सात परिवारलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । जोखिममा रहेका २० भन्दा बढी घरपरिवार त्रासमा छन् ।
मालिका गाउँपालिकाको कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले गत शुक्रबार गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनसहितको टोलीले पहिरोको स्थलगत निरीक्षण गरी क्षति भएका घरपरिवारलाई खाद्यान्न र अस्थायी बसोबासको व्यवस्था मिलाएको बताए ।
पहिरो नियन्त्रणका लागि ग्यावियन पर्खाल निर्माणको तयारी गरेको र प्रदेश सरकारसँग पनि समन्वय गरेको कार्यपालिका सदस्य खड्काथोकीले बताए । पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा गएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सतर्कता अपनाउन अनुरोध गर्दै पहिरोको समस्यालाई दीर्घकालीन समाधानका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए ।
गाउँ नजिकै रहेको ओखरबोट माविको सबै भवन पहिरोले भत्काएपछि किमबोटमा अस्थायी संरचना बनाएर स्थानान्तरण गरिएको छ । चार/चार कोठे दुई वटा पक्की, ढुङ्गा, माटो र काठले बनेको १७ कोठे कच्ची भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पबहादुर विकले बताए । उनका अनुसार पहिरोले विद्यालयमा रु तीन करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण