सङ्घीय लोकतान्त्रिक मोर्चाद्वारा संयुक्त जनजागरण अभियान सुरु
सारांश
- सङ्घीय लोकतान्त्रिक मोर्चाले सप्तरीको राजविराजमा जनजागरण अभियान सुरु गरेको छ।
- जसपा अध्यक्ष उपेन्द्र यादवले मधेसको भूमिमाथि शासकहरूले औपनिवेशीकरण गरेको आरोप लगाए।
- लोसपा अध्यक्ष महन्थ ठाकुरले मधेसी नेताहरूमाथि आक्रमणको प्रयास भइरहेको बताए।
सप्तरी । सङ्घीय लोकतान्त्रिक मोर्चा आबद्ध मधेसवादी दलहरूले संयुक्त जनजागरण अभियान सुरु गरेका छन् । मोर्चाले आज यहाँ राजविराजमा ‘वर्तमान राजनीतिक अवस्थाको सन्दर्भमा जनजागरण अभियान’ कार्यक्रम शुभारम्भ गरेको हो ।
कार्यक्रमका वक्ता नेताहरूले मधेसका राजनीतिक, आर्थिक र सामाजिक मुद्दामा मिलेर जाने उद्घोष गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पृथ्वीनारायण शाहदेखिकै शासकहरूले तराई–मधेसमा ‘ औपनिवेशीकरण’ गरेको भन्दै आलोचना गरे ।
उनले राणाको समयमा मधेसका उब्जाउ जमिन राणा परिवारमा बाँड्ने काम र त्यसलाई पञ्चायत हुँदै हालको भूमि विधेयकसम्म आइपुग्दा निरन्तरता दिन खोजिएको आरोप लगाए। “राणाकालमा बक्सिसको नाममा यहाँको उर्वर भूमि आफ्ना मान्छेलाई बाँडियो । पञ्चायतमा पनि भूमिसुधार र हदबन्दीका नाममा बाँकी रहेका जग्गा हड्पने र पहाडका मान्छेलाई बसाउने काम भयो । पुनर्वास र बसोबास कम्पनीका नाममा पहाडी शासकले मधेस उब्जाउ जग्गा हडपियो । हालको विधेयकले पनि त्यस्तै समस्या निम्त्याउने हाम्रो बुझाइ छ”, अध्यक्ष यादवले भने ।
अध्यक्ष यादवले सङ्घीयता समावेशिता, सङ्घीय गणतन्त्र र लोकतन्त्र मधेसी जनताको पक्षमा नदेखिएको भन्दै पहिचानका आधारमा पुनः संरचना गरिनुपर्ने जिकिर गरे ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले एक हिसाबले गौर घटनाको राजनीतिक समाधान भइसकेको अवस्थामा बदनियत पूर्ण ढङ्गले मधेसी नेतामाथि आक्रमणको प्रयास भइरहेको बताए । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा पनि मधेसी जनताले विभिन्न चरणको आन्दोलन गरेको स्मरण गर्दै फेरि सबै मिलेर आन्दोलन गर्नुपर्ने अवस्था आएको धारणा राखे ।
कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, तमलोपा अध्यक्ष वृषेशचन्द्र लाललगायत नेताहरूले सम्बोधन गरेका थिए भने राष्ट्रिय मुक्त पार्टीका जिल्ला अध्यक्ष दीपेन्द्र चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण