राति अबेर कुकरमा सिट्ठी नलगाउन प्रहरीको आग्रह
बिहीबार, १९ भदौ २०८२, १० : ४०
१
सारांश
- काठमाडौं उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रण गर्न नेपाल प्रहरीले अभियान सुरु गरेको छ।
- प्रहरीले रात्रिकालीन समयमा लाउडस्पीकर र साउन्ड सिस्टमको ठुलो आवाज निकाल्न रोक लगाएको छ।
- बिहान ५ देखि ७ बजेसम्म ठुलो आवाजमा कुराकानी र सवारी साधनको हर्न बजाउन नदिन अनुरोध गरिएको छ।
काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सुरु गरेको अभियानका अनुसार अनावश्यक आवाज उत्पन्न गर्ने गतिविधिमा रोक लगाइने छ।
विशेषगरी, रात्रिकालिन समयमा लाउडस्पीकर, साउन्ड बक्स, डीजे, बाजा, जुस पसललगायतका सामग्रीहरूको ठुलो आवाज ननिकाल्न आग्रह गरिएको छ ।
बिहान ५ देखि ७ बजेसम्म अनावश्यक ठुलो आवाजमा कुराकानी गर्ने र मोटरसाइकल वा अन्य सवारी साधनको ठुलो हर्न बजाउने कार्य नगर्न प्रहरीले अनुरोध गरेको छ ।
राति अबेर कुकरमा सिट्ठी नलगाउन, शौचालय फ्लश गर्दा ठुलो आवाज आउन नदिन र सिडी प्रयोग गर्दा आवाज कम गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण